BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    भारतीय राज्यसभामा नेपाली भाषा पनि बोल्न पाईने

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

    २८ असार, काठमाडौं । भारतीय राज्यसभामा सदस्यहरुले नेपाली र मैथलीमा पनि बोल्न पाउने भएका छन । राज्यसभाका सभापति एवंम वेंकैया नायडुले मंगलबार उक्त जानकारी दिएका आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
    संसदको आगामि मनसुन सत्रमा राज्यसभामा संसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाईने नायडुले बताएका छन । आठांै सूचीमा समावेश २२ भाषामध्ये कुनैपनि भाषामा बोल्न पाईने उनले स्पष्ट पारेका छन । राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङृकणी, सन्थाली र सिन्धीका लागी पनि अनुवादको व्यवस्था गरिएको जनाए ।
    नायडुले मंगलबार औपचारिक रुपमा यी भाषाका अनुवादकलाई टोलीमा सामेल पनि गरे । २२ भाषा मध्ये राज्यसभामा असम, बंगाली, गुजराती, हिन्दी, कन्नड, मलयालम, मराठि, उडीया, पन्जाबी, तमिल, तेल्गु र उर्दु ११ भाषामा यसअघी नै यो व्यवस्था मिलाईएको थियो । बेडो, मैथली, मणिपुरी, मराठी र नेपाली भाषाका निम्ती अनुवादकको व्यवस्था भईरहेको उनको भनाई छ । नायडुले भने, ‘कुनै अबरोध बिना आफ्ना अनुभब र बिचार व्यक्त गर्न स्वभाविक रुपमा मातृभाषामा उत्तम हुन्छ ।

    ४८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad