BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    सुनव्यवसायीहरुले अब एक महिनाका लागि एकमुष्ठ सुन ल्याउन पाउने

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

    २८ असार, काठमाडौँ । वाणिज्य बैंकहरुले एक महिनासम्मका लागि एकमुष्ट सुन आयात गर्न पाउने भएका छन् ।
    राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार एकमुष्ट आयात गर्न सक्ने भएका हुन् ।
    ‘यसअघि दैनिक कोटा थियो’,राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने,‘अब एकमुष्ट रुपमा आयात गर्न सक्छन् ।’ नयाँ व्यवस्थाकालागि सुन आयातसम्बन्धी कार्यविधि छिटै संशोधन गरिने उनले बताए ।
    मुलुकभरी २८ वटा वाणिज्य बैंकहरु छन् । ती बैंकहरुले पालैपिच्छे दैनिक २० किलो आयात गर्छन् । अब भने एकमुष्ट आयातको बाटो खुला भएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
    ‘सुनचाँदि व्यवसायीका लागि वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मका लागि आयात गर्न पाईने परिमाण आवश्यकताअनुसार उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ट आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाईनेछ,’ बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ ।
    राष्ट्रबैंकको यो नीतिले बैंकलाई सुविधा भए पनि व्यवसायी र उपभोक्तालाइ भने केही फाइदा हुदैन् ।

    ३४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad