BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    बेलायतले अफगानिस्तानमा थप सेना पठाउने

    रासस-एएफपी आषाढ २८, २०७५

    २८ असार, लण्डन । बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ । अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरे ।

    बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरूको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गर्नुभएको अधिकारीहरूले जानकारी दिएकी छन् ।

    अफगानिस्तानको शान्ति सुरक्षामा पछिल्ला समयमा चुनौतीहरू थपिन लागेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा थप सेना पठाउन नेटो गठबन्धन बेलायतलाई आग्रह गरेको थियो ।

    प्रधानमन्त्री मेले ती सेनाहरू वेल्स गार्डस् रेजिमेन्ट्सबाट पठाइने जानकारी दिइन् । साथै ४४० सेनामध्ये आधालाई आगामी अगष्ट महिनामा र अरू आधा भने आगामी वर्षको फेब्रुअरीमा पठाइने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

    ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उहाँले दिनुभएको समाचारमा जनाइएको छ ।

    यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ । हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन् ।

    तीमध्ये करिब १३ हजार जना अमेरिकी सैनिक मात्र रहेको ब्रसेल्समा आयोजित उक्त नेटो बैठकमा जानकारी गराइएको प्राप्त समाचारमा जनाइएको छ ।

    १४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad