BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    बस र ट्याङ्कर ठोक्किएर भएको दुर्घटनामा ११ को मृत्यु

    रासस-एएफपी आषाढ २८, २०७५

    २८ असार, तेहरान । इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

    इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

    इरानको केन्द्रीय राजधानी तेहरानदेखि ४०० किलोमिटर टाढा पर्ने सानान्दाजमा रातिको समयमा दुर्घटना भएको बताइएको छ ।

    दुर्घटनामा परी बसका यात्रुसहित सात जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घटनाका कारण त्यस क्षेत्र शोकमा परेको बताएका छन् ।

    चालकहरूको लापर्वाहीका कारण इरानमा हुने गरेका दुर्घटनामा परी वर्षेनी हजारौँको मृत्यु हुने गरेको छ ।

    १९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad