BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    आँप बेचेर कापीकलम

    संसार न्यूज संवाददाताआषाढ २८, २०७५

     

    सुर्खेत । बराहताल गाउँपालिका–८ की हिमा रोकाया दिउँसोको समयमा सुर्खेत–जुम्ला सडकमा आँप बेच्छन् । दिनभरि आँप र केरा बेचेको पैसाले उनी कापीकलम किन्छन् ।

    रोकायाले दैनिक रु ८०० भन्दा बढी आम्दानी गर्छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी रोकाया आवश्यक कापीकलम र नयाँ लुगा किन्न पढाइ छोडेर आँप र केरा बेच्छन् ।

    आर्थिक अवस्था कमजोर भएकाले कापीकलम किन्न र विद्यालयको पोशाकको जोहो गर्न उनी आँप र केरा बिक्री गर्दैआएका छन् ।

    रोकाया मात्र होइन सोही विद्यालयको कक्षा ४ मा पढ्ने सपना रोकाया पनि साथीहरुसँग बिहान–बेलुका आँप बिक्री गर्छन् । “कापीकलम र नयाँ लुगा किन्न आँप र केरा बिक्री गर्ने गरेकी छु,” उनले भने ।

    हिमा र सपना मात्र होइन वीरेन्द्रनगरबाट पश्चिम सुर्खेत हुँदै दैलेख जुम्ला जाने सडक वरपरका गाउँका विद्यार्थी आँप, मकै र केरा बिक्री गर्दैआएका छन् । उनीहरुलाई अभिभावकले नै आँप बेच्न पठाउने गरेको स्थानीयवासी ताराकेशर गौतमले बताए ।
    सडकमा बालबालिका गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बेचेर आम्दानी गर्दै आएका छन् । उनीहरुले त्यही पैसोले नुन, तेल, चामल र दालको जोहो गर्ने गरेका छन् ।

    अधिकांश विद्यार्थी गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बजारमा लगेर बिक्री गरी पढाइ खर्च जुटाउँदै आएका छन् । अहिले आँपको मूल्य प्रतिदाना रु १० देखि रु २० पर्छ । उनीहरुले प्रतिमकै रु १० देखि रु २० सम्ममा बिक्री गर्दैआएका छन् । (रासस)

    १५१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad