BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    न्याय पाएको तीनदिन नबित्दै बुद्धमायाद्धारा आत्महत्याको प्रयास

    संसार न्यूज संवाददाताआषाढ २९, २०७५

    २९ असार, काठमाडौं । महोत्तरी जिल्ला अदालतले २४ असारमा जातीय भेदभाव र छुवाछुत मुद्दामा ऐतिहासिक फैसला गर्यो । जिल्ला अदालतका न्यायाधिश दण्डपाणी शर्माले बुद्धमाया बिश्वकर्मालाई कुटपिट र दुव्र्यवहार गरेकोमा प्रतिवादी कमला गिरी र उनकी छोरीलाई दोषी ठहर गर्दै सजाय र क्षतिपूर्ति सहितको फैसला सुनाए । कमलालाई ६ महिना कैद, १० हजार जरिवाना र ५० हजार क्षतिपूर्ति तथा उनकी छोरी नाबालिग भएकोले तीन महिनाको कैदको फैसला सुनाईयो । एकवर्ष भित्र उनले पुन ः सोही प्रकृतिको अपराध गरेमा यो कैदसमेत थप गरी भुक्तान गर्नुपर्ने आदेश थियो ।
    यो ऐतिहासिक फैसला भएकोले दलित समुदाय खुसी थियो । तर, बुधबार दिउँसो अदालतबाट न्याय पाएकी बुद्धमायाले विष सेवन गरी आत्महत्याको प्रयास गरेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
    हाल उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।
    न्याय पाएपछि घर फर्कदा समाजबाट झनै तिरस्कार हुनु परेको कारणले आमाले यस्तो कदम उठाएको उनकी छोरी मनीषा विश्वकर्माले बताएकी छन् । उनले भनिन्–दोषिलाई कानुनले सजाय दियो । तर समाजले उल्टै हामीलाई सजाय दियो । अदालतको फैसला पछि गाउँमा आउँदा मानिसहरु बाटो काटेर हिड्न थाले । हामीलाई विगत भन्दा हेय दृष्टिले हेर्न थालियो । त्यसपछि त आमाले हामीले केही गल्ति गर्यौ कि भन्ने ठान्नु भयो । मानिसहरु हामीसँग बोल्न र अनुहार हेर्न समेत चाहदैनथे । सोहि तनावका कारण यस्तो घटना भएको हो की ?’

    ३७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad