BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    दर्जन विद्यालयका संस्थापक घिमीरे बृद्धाश्रममा !

    संसार न्यूज संवाददाताआषाढ २९, २०७५

    २९ असार, लम्जुङ । ७८ वर्षीय टेकनारायण घिमीरे उत्तरी लम्जुङमा शिक्षाको ज्योति फैलाउनेमध्ये एक हुन् । विगतमा उनको काम नै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पुर्याउनु थियो । लम्जुङको मस्र्याङ्दी गाउँपालिका ६ बाहुन डाँडा लामपाटाका घिमीरेले सो क्षेत्रमा १२ विद्यायलको सुरुवात गरे । लम्जुङमा मात्र होइन, विगतमा उनले चितवनका तीनवटा विद्यालयमा समेत पढाए । उत्तरी लम्जुङको शिक्षामा संस्थापक भनेर चिनिने घिमीरेको योगदानलाई यतिबेला न समाजले चिन्यो न त राज्यले नै । अन्तत उनी बेसाहारा बन्दै बृद्धाश्रममा पुगेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
    बेसाहारा बनेपछि गाउँलेको सहयोगमा उनलाई तार्कुघाट हर्र्राबोटमा रहेको जेष्ठ नागरिक आश्रममा ल्याइएको छ । अधिकांश दाँत झरेका घिमीरे राम्रोसँग सुत्न पनि सक्तैनन् । आफूजस्तै बेसाहारा बनेका बुद्धबृद्धाबीच बस्न पाउँदा निकै खुसी लागेको बताए ।

    १२२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad