BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    मन्त्रालयमै डाकेर चिकित्सकलाई केरकार

    संसार न्यूज संवाददाताआषाढ २९, २०७५

    २९ असार, काठमाडौं । वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई गृहमन्त्री राम बहादुर थापाका सल्लाहकार सुर्य सुवेदी ‘पथिक’ ले मंगलबार मन्त्रालय झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाब दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
    गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले डा. अधिकारीलाई ‘अपहरणको शैली’ मा गृहमन्त्रालय लगिएको उल्लेख गर्दै विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।
    ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँचपछि दिने रिर्पोटको आधारमा द्धन्द्धकालिन घाइतेहरुको वर्गिकरण हुँदै आएको छ ।
    घाइतेहरुको अपांगताको आधारमा सरकारले तलब भत्ता र सरकारी सेवामा आरक्षण लगायतको सुविधा दिने गर्छ । प्रत्येक पाँच पाँच वर्षमा घाइतेहरुको स्वास्थ्य परीक्षणपछि उनीहरुको वर्गिकरण तलमाथि गर्ने गरिन्छ । जसका आधारमा उनीहरुले पाउने तलब भत्ता समेत तलमाथि हुनेगर्छ । यस्तो रिर्पोट बनाउँदा आफूले भने अनुसारको काम गर्नका निम्ति गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दवाव दिएका हुन् । ‘पथिकले अधिकारीलाई गृहमन्त्रालयभित्रै बोलाएर केही जनयुद्धका घाइतेहरुको वर्गीकरण ‘मिलाएर’ गरिदिन दबाब दिएको अधिकारीले बताएका छन् ।

    ६४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad