BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    एकलाख भन्दा बढी मोही, मोहियानी हक हटाउँदै सरकार

    संसार न्यूज संवाददाताआषाढ २९, २०७५

    २९ असार, काठमाडौं । सरकारले जग्गामा लाग्दै आएको मोहियानी हक पूर्णरुपमा हटाउने भएको छ । अर्काको जग्गामा नियमित रुपमा खेतीगर्ने किसानले पाएको अधिकारलाई मोहियानी हक भनिन्छ ।
    भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले जग्गामा रहेको दोहोरो स्वामित्व हटाउन थालिएको बताए ।
    उनले भने, ‘मोहियानी हक लाग्ने जग्गा धनी र मोहीले आगामी भदौ ४ गते सम्म भूमिसुधार कार्यालयमा निवेदन दिने समय दिएका छौं । निवेदनका आधारमा हामीले जग्गाको एकल स्वामित्व कायम गर्ने व्यवस्था गर्छौ ।’आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
    नेपालमा २०२१ सालदेखि मोहियानी हक लाग्दै आएको छ । मन्त्रालयले २०७६ भदौ ४ गतेदेखि जग्गामा मोहियानी हक नलाग्ने व्यवस्था कार्यान्यवनमा ल्याउने तयारी गरेको छ ।

    ४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad