BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    हिंसात्मक घटनामा चार प्रहरी र ८८ लडाकू मारिए

    रासस-सिन्ह्वाआषाढ २९, २०७५

     

    २९ असार, काबुल ।  आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् ।

    स्थानीय सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा विहिबार बिहानै भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ ।

    सुरक्षाकर्मीहरूसँग भएको झडपका क्रममा अरु कैयौँ लडाकूहरू घाइते पनि भएको समाचारमा जनाइएको छ ।

    अहमद अबाद जिल्लाको बान्ड ए मिचाल्घो क्षेत्रमा बिहीबार केही घण्टाको अन्तरालमा भएका हिंसाका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरीका प्रान्तीय प्रवक्ता सरदार वाली तवासामले सिन्ह्वालाई जानकारी दिए ।

    लडाकूहरूले सुरक्षा चौकीहरूमा आक्रमण गरेपछि झडप भएको हो । लडाकूहरूको आक्रमणमा परी प्रहरीतर्फ पनि चार जना मारिएका छन् भने छ जना घाइते भएका छन् ।

    त्यसैगरी उत्तरी जावज्जान प्रान्तमा २८ जना इस्लामिक स्टेट (आइएस) लडाकूहरू मारिएका छन् । सो प्रान्तमा नौ जना तालिवान लडाकूको पनि मृत्यु भएको छ ।

    घटनामा परी १६ जना आइएस लडाकू र ११ जना तालिवान लडाकू घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

     

    ३० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad