BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    पुटिन ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र रहेको राष्ट्रपति ट्रम्पको भनाई

    रासस-एएफपी आषाढ २९, २०७५

    २९ असार, ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भनेका छन् ।

    एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् ।

    कसैले उनलाई सोध्यो, “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने, “होइन, पुटिन मेरो सत्रु होइनन् ।” “त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उनले भने, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”

    “पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”

    बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका हुन् ।

    ४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad