BizPati

  • Ad
  • आज : २०७५ साउन ५ गते
    Headlines :
    Ad

    विरोधकाबीच ट्रम्पद्वारा बेलायतको भ्रमण

    रासस-सिन्ह्वा आषाढ २९, २०७५

    photo-AP

    २९ असार, लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन् ।

    उनको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने भएका छन् ।

    ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ ।

    अमेरिकी राष्ट्रपतिका रूपमा उनले यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनकोे व्यापक विरोध भएको छ ।

    दशौँ हजार प्रदर्शनकारीहरूले उनको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।

    १५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad
    Ad
    Ad