BizPati

  • Ad
  • आज : २०७५ मंसिर १ गते
    Headlines :

    दारी

    परमा अधिकारी "कान्छा", हेरिसवर्ग पेन्सिलभेनिया अमेरिकाआषाढ २९, २०७५


    छन्दः अनुष्टुप

    पालेर हुन्छ के दारी म काट्छु उठि दिन्दिनँ
    वैंशका कलिला साथी दारी पाल्दा म चिन्दिनँ
    नहुँदा गोजिमा दाम लुगा फाटो म किन्दिनँ
    नखाई जसरी दारी म ता नकाटि हिन्दिनँ ।१।

    रोनाल्डो मेसिका दारी कस्ले आगो लगाउँछ
    कहिले रिसले डोनन् टम्को दारी पलाउँछ ।
    प्रमुख कोरिया किम्जङ् सोच्छ दारी बडाउन
    ध्वास्त यो विश्वको गर्न भन्छ बम बनाउन ।२।

    राखेर ओठमा ओठ ठिटो ओठ मिलाउँछ
    घोचेर दारिले गाला दिनभरि चिलाउँछ।
    घोचेर चुम्न ती गाला दारी दिक्क लगाउँछ
    काटेर काममा हिन्छ दारी बिच्मा पलाउँछ ।३।

    गालामा झापटै हान्दा दारीले छाप ढक्दछ
    देखाँउ छाप त्यो भन्दा काट्न लोभ ल लाग्दछ
    औषधी दल्न त्यो दारी अप्ठ्यारो उ बनाउँछ
    घोचेर हात त्यो दारी कैले गाला बचाउँछ ।४।

    अनौठो हुन्छ त्यो साथी दारी काटी हिनोभने
    अस्तीको दाम त्यो माग्छ साउजीले चिनोभने
    चुरोट भाँड० त्यो सुर्ती आगो खोजी जलाउँदा
    सल्कने डर भो दारी दारी लाँमु पलाउँदा ।५।

    बोकेर काँइयो तेल ठिटा ठिटी हिँडेपछि
    बिर्सन्छन् कोर्न त्यो दारी जुवा तास्मा भिडेपछि
    किनेर खान्छ त्यो मेगी दारी पाली बसेपछि
    भ्याएन कोर्न त्यो दारी तास्मा पैसा फसेपछि ।६।

    फूलेको केश त्यो देख्दा छाला मेरो चिलाँउछ
    फूलेको केश त्यो पाली बृद्ध दारी मिलाउँछ
    बिरामी हुन्न त्यो दारी औषधी न गरेपनि
    बल्गरी बड्छ त्यो दारी मान्छे आधा मरेपनि ।७।

    झरेर टुप्पिको केश टुप्पि खोज्नु परेपनि
    झर्दैन कहिले दारी हेला होचो गरेपनि
    तालुमा चिप्लिदा जुम्रा दारी चाप्प समाउँछ
    बाक्लो त्यो दारिमा जुम्रा मजासंग रमाउँछ।८।

    पाल्दा दारी दिनै हुन्छ बिछोड हेर घर्घर
    काँडाका बिचमा फूल नहुँदा मुख सुन्दर
    अंगालो चाप्प त्यो हाल्थी प्रेमी भेट भएपछि
    मान्दीन चुम्न त्यो गाला दारी लामु भएपछि।९।

    बेचेर घर त्यो बारी दारी काट्नु परेपछि
    पाल्दैछन् खरझैं दारी झन्झन् ठोसा सरेपछि
    बुढाले केश त्यो तान्दा स्वास्नी दारी समाउने
    तानेर लामु त्यो दारी स्वास्नी पनि रमाउने।१०।

    इति

    ५४७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad