BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

    संसार न्यूज संवाददाताआषाढ ३०, २०७५

    ३० असार, काठमाडौं । नसर्ने रोगहरुको चुनौती बढिरहेको बेला अल्जाइमर रोगीको संख्या पनि बृद्धि भइरहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार पहिले वृद्धाअवस्थामा मात्र देखिने यो रोग पछिल्लो समयमा उमेरमै देखिन थालेको छ ।
    वृद्ध अवस्था भएपछि या अन्य कारणले मस्तिष्कका कोषहरु नष्ट भएपछि मस्तिष्क निस्क्रिय हुने अवस्थालाई अल्जाइमर भनिन्छ । जसका कारण भर्खरैको कुरा पनि विर्सने, रोग छिप्पीदै गएपछि ठिक बेठिक छुट्याउन नसक्ने, दिमागको चलाखीपन कम हुँदै जाने, असान्दर्भिक व्यवहार देखाउने जस्ता समस्या देखा पर्छन् ।
    पहिले पहिले ६५ कटेपछि मात्र देखिने अल्जाइमर अचेल ४०÷ ४५ वर्षमै देखिन थालेको चिकित्सक बताउँछन् । ‘पछिल्लो समय ४० पुग्ने वित्तिकै यो रोग देखिने गरेको पाइएको छ ।’ वीर अस्पतालका न्यूरोलोजिष्ट डा. सुनिल कोइरालाले भने ।
    अल्जाइमर हुनेमा महिला भन्दा बढी पुरुष रहेका छनु । धुम्रपान, मध्यपान बढी गर्ने भएकाले पुरुषमा कम उमेरमै अल्जाइमर बढी देखिने गरेको छ ।
    वीर अस्पतालका न्यूरोलोजिस्ट डा. कोइरालाका अनुसार आठवर्षयता अल्जाइमरका रोगी बढेका छन् । अस्वस्थ्य जीवनशैली र प्रदूषित वातावरणका कारण यो रोग कम उमेरमै लाग्ने गरेको हो । उनका अनुसार तनावपूर्ण जीवन, मोटोपना, उच्चरक्तचाप, मधुमेह समस्याले यो रोग बढेको देखिन्छ ।
    रक्सी तथा बढी गुलीयो खानेकुरा सेवनजस्ता कारणले पनि अल्जाइमरका रोगी बढ्दै गएको चिकित्सकहरु बताउँछन् । आजको नागरिक दैनिकबाट

    १३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad