BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गजल ७२

    प्रकाश पौडेल माइला, योकोहामा, जापानआषाढ ३०, २०७५

    एक निमेष मै आस्थाहरू ढल्दा थाहा पाएँ
    अत्यासमा भित्री मुटु जल्दा थाहा पाएँ

    बालापन र बिगत मात्र पर्याप्त हुन्न रैछ
    धर्मराउदो गन्तब्यले छल्दा थाहा पाएँ

    स्थीर तलाउको कन्चन पानी बन्दा पनि
    दिनदिनै आत्मविस्वास गल्दा थाहा पाएँ

    क्षितिजको मिर्मिरेमा सुन्दर भोलि देखिन्छ कि ?
    सपनीमा बिरानो फल फल्दा थाहा पाएँ

    धुम्मिएको आकाशमा खुशी खोज्ने चेस्टा गर्दा
    चादनीझैँ मनको दियो बल्दा थाहा पाएँ

    २१० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad