BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गजल ७३

    डा. घनश्याम परिश्रमी, भैरवा नेपालआषाढ ३२, २०७५

    सधैँ चाँदनी रात कहाँ पाउनू
    सधैँ प्रीति सौगात कहाँ पाउनू

    सुनेकै छु पीरो, नमीठो पनि
    सधैँ रागको बात कहाँ पाउनू

    बितेको छ एक्लै पनि जिन्दगी
    सधैँ हातमा हात कहाँ पाउनू

    कथा छन् अनेकौँ व्यथा उत्ति छन्
    सधैँ हर्ष ( बर्षात कहाँ पाउनू

    पसलमा पसी मात्नु बेकार हो
    सधैँ भावको मात कहाँ पाउनू

    इति

    छन्दः भुजङ्गी
    बहरः मुतकारिब मुसम्मन महजुफ

    गजलकार डा. परिश्रमी नेपाल गजलमा विद्यावारिधी हुनुहुन्छ । – सम्पादक

    ३२३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad