BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    २२ महिनादेखि नाइजेरियामा बन्धक बनेका दुई नेपालीको उद्धार

    संसार न्यूज संवाददातासाउन १, २०७५

    लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन ।
    नेपाली दलाल जेशन श्रीस (बाग्लुङ्ग र पोखरा) लगाएतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि ५० लाख खर्च भएकोे उनीहरुले बताएको छन ।
    गैरआबासिय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु आज काठमाडौ फर्केका हुन । उनीहरुको पासपोर्ट समेत दलालले लगेपछि इजिप्टस्थित नेपाल दूतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएर नेपाल फर्काइएको हो ।
    बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र त्यसमध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडाएको , १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनिहरु सम्पर्कमा आउन नचाहेको वा दलालले आउन नदिएको हो भन्ने यकिन नभएको गैरआबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले संसारन्युजलाई जानकारी दिए ।
    गत महिना पनि थापाको संयोजनमा टोगोबाट यहि समुहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो ।


    थापाले उनिहरुको फिर्ताका लागि पहल गर्ने इजिप्टस्थित नेपाली दुतावास , एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन ।
    बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनआरएनएको सम्पर्कमा आई घर फिर्ता जान पाउ भन्ने अनुरोध गरेका थिए ।

    १११ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad