BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

    रासस- एएफपीसाउन ३, २०७५

    ३ साउन जाकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा निमन्त्रणा गरेका छन् ।

    आउँदो महिना हुने एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा आतिथ्यता ग्रहण गर्न उनले दुई कोरियाका दुई शीर्ष नेतालाई निमन्त्रणा गरेको हो ।

    प्रतियोगितामा दुवै देशले सँगै सहभागिता जनाउने सहमति भइसकेकाले राष्ट्रपति विडोडोले किम र मुनलाई निमन्त्रणा गर्नुभएको इन्डोनेसियाका उच्च अधिकारीहरूले जनाएका छन् ।

    विश्वमा शान्तिपूर्ण वातावरण फैलाउनका लागि सो कार्यक्रम एउटा महत्वपूर्ण सहयोगी अवसर हुनसक्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा दुई कोरियाका शीर्ष नेताद्वय किम र मुन सहभागी भए विश्वको ध्यान खिचिने छ ।

    एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा झण्डै २६ देशका प्रमुख आउने संभावना रहेको बताइएको छ ।

    उद्घाटन समारोहका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको इन्डोनेसियाको प्रहरीका राष्ट्रिय प्रमुख टिटो कार्नाभिआनले जानकारी दिएका छन् ।

    प्रतियोगितामा झण्डै ४५ देशबाट नेता, खेलाडी, प्रतिनिधिलगायत गरी झण्डै २५ जना सहभागी हुने अपेक्षा आयोजक राष्ट्र इन्डोनेसियाले गरेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न ४० वटा खेल हुनेछन् ।

    आउँदो अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुन लागेको प्रतियोगिता १८औँ संस्करण हो ।

    ७५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad