BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    कृषि फर्ममा आगलागी हुँदा लाखौँको क्षति

    संसार न्यूज संवाददातासाउन ३, २०७५

     

    ३ साउन, दाङ । यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ ।

    बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिए ।

    आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको सञ्चालक कमलापुरीले बताइन् ।

    तुल्सीपुर–८, अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिन उत्पादन गर्दै आएको छ ।

     

    २१३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad