BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    नबिल बैंकद्वारा १२ गाँउपालिकामा नयाँँ शाखाहरु सञ्चालन

    संसार न्यूज संवाददातासाउन ३, २०७५

    नबिल बैंकले ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयँँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ । प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित निम्न लिखित स्थानहरुमा खोलिएका शाखाहरुको एकैसाथ उद्घाटन गरिएको हो ।

    काठमाण्डौंमा आयोजित शाखा उद्घाटन कार्यक्रममा मूख्य अतिथि माननीय अर्थ मन्त्री डा.युवराज खतिवडाले बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा स्थापना भएका १२ नयाँ गाँउपालिकाका शाखाहरुको इलेक्ट्रनिक उद्घाटन गरेको नायब महाप्रबन्धक रमेश प्रसाद लोहनीले जानकारी दिएका छन् ।

    उद्घाटन समारोहका मूख्य अतिथि माननीय अर्थ मन्त्री डा.युवराज खतिवडाले समृद्घ नेपाल सुखी नेपालीका लागि वित्तिय समावेशिता, बैंकि¨ पहुंच तथा बैंकिङ् महत्वका बारे आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

    उक्त समारोहमा सक्षमका टिमलिडर बलजित भोहराले नबिल बैंकको ग्रामिण बैकिङ पहुंच विस्तार गर्ने उज्ञेश्यमा शाखा स्थापना गर्न सहयोग पु¥्याउन सकेकोमा खुशी व्यक्त गरे । “यस सहायताको माध्यमबाट हामीले सेवा नपाएका ग्रामीण जनसंख्यासम्म बैकिङ सेवाको पहुँच पु¥याउने, आर्थिक विकासलाई ऊर्जा दिने र स्थानीय सरकारहरूलाई केन्द्रीय सरकारबाट रकम प्राप्त गर्न तथा स्थानीय वित्तीय व्यवस्थापनका अभिभाराहरू पूरा गर्न सक्षम बनाउने काम गरिरहेका छौं । यसको अतिरिक्त, यी बैंक शाखाहरूबाट सामाजिक सुरक्षा भुक्तानीहरू पनि हुनेछन् भन्ने हामीले आशा लिएका छौं ।,” सक्षमका टोली प्रमुख बलजित भोहराले भने । “यी ७ शाखाहरूले स्थानीय तहमा रहेका व्यक्तिहरू तथा लघु, साना तथा मझौला उद्योगहरूलाई आफ्नै घरदैलोमा सम्पूर्ण बैकिङ सेवाहरू प्राप्त गर्न पनि सहयोग गर्नेछन्”, उनले बताए ।

    अध्यक्ष शम्भुप्रसाद पौड््यालले भने, “यी विकट गाँउपालिकाहरुमा १२ बैकिङ शाखाहरुबाट सेवा प्रदान गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउ“मा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो । हाम्रा ग्राहक महानुभावहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको छ । ”
    “व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनतम रुपले परिपुर्ति गर्ने योजना अनुरुप हामीले ग्रामिण १२ नयाँ शाखाहरु मार्फत सेवा प्रदान गर्न पाउँदा हामीलाई खुशी लागेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नु हुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको छ ।” सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

    नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, ११५ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास नायब महाप्रबन्धक लोहनीले जानकारी दिए ।

    १) आलिताल गाँउपालिका            डढेलधुरा               प्रदेश नं ७
    २) बराहताल गाँउपालिका            सुर्खेत                     कर्णाली प्रदेश
    ३) वित्थडचिर, गाँउपालिका         बजाङ                     प्रदेश नं ७
    ४)सम्मरीमाई गाँउपालिका          रुपन्देही                   प्रदेश नं ५
    ५) तिला गाँउपालिका                  जुम्ला                       कर्णाली प्रदेश
    ६) दार्मा गाँउपालिका                  सल्यान                    कर्णाली प्रदेश
    ७) पचालझरना गाँउपालिका       कालिकोट                कर्णाली प्रदेश
    ८) पलाता गाँउपालिका               कालिकोट                 कर्णाली प्रदेश
    ९) पन्चेश्वर गाँउपालिका               बैतडी                      प्रदेश नं ७
    १०) रामारोशन गाँउपालिका         अछाम                    प्रदेश नं ७
    ११) सायल गाँउपालिका               डोटी                        प्रदेश नं ७
    १२) तुर्माखाँद गाँउपालिका            अछाम                   प्रदेश नं ७

    ६५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad