BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    कार्यकर्तालाई जागिर नदिएको भन्दै शाखा खोल्न नदिई फर्काइयो

    संसार न्यूज संवाददातासाउन ४, २०७५

    ४ साउन, काठमाडौं । सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आप्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन् ।
    वणिज्य बैंकका उच्च अधिकारीहरुले सरकारको निर्देशनअनुसार स्थानीय तहमा शाखा खोल्न जाँदा राजनीतिक दलहरुले कार्यकर्तालाई जागिरमा ल्याउने विषय उठाएर खोल्न नदिएको बताए ।
    राजनीतिक दलका नेता ना कार्यकर्ताको यहि व्यवहारका कारण स्थानीय तहमा शाखा खोल्न पुगेका बैंकहरु त्यत्तिकै फिर्ता आएका छन् । बैंक अधिकारीका अनुसार यस्ता घटना कम्तिमा पनि आधा दर्जन पुगिसकेका छन् । राजनीतिक दलसँगको सम्बन्ध बिग्रने र यसले पछिसम्म समस्या आउन सक्ने भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो बैँक र नाम सार्वजनिक नर्गन अनुरोध गरेको आजको नागरिकदैनिकमा समाचार छ ।
    राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पनि ग्रामीण क्षेत्रमा शाखा खोल्न अवरोध भइरहेको जानाकारी दिए । उनले शाखा खोल्न ग्रामीण क्षेत्र पुगेका बैंकलाई दलका नेताले कार्यकर्तालाई जागिर नदिएको भन्दै रोकेको उदाहरण प्रशस्तै रहेको  बताए । एक बैंकका उच्च अधिकारीले आफुले पनि यस्तै समस्या भोगेको बताए ।

    ५९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad