BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    ‘बरबेरी’ कम्पनीले जलायो ४ अर्बको कपडा लगायतका समानहरु

    संसार न्यूज संवाददातासाउन ४, २०७५

    ४ साउन, काठमाडौं । विश्व वजारमा अचेल ब्रान्डेड कपडा, अत्तर लगायत सामग्रीहरु खरिद गर्ने बढेका छन् । यो सँगै कम्पनीहरुलाई आफ्नो ब्रान्डको साख जोगाउन पनि चुनौती थपिएको छ ।
    खासगरी ‘आउट डेटेड’ र बजारमा नबिकेका उत्पादनहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती कम्पनीहरुको रहँदै आएको छ । त्यस्ता उत्पादन चोरी हुने या बिक्रि हुन सक्ने भन्दै त्यसलाई नष्ट गरिन्छ ।
    आफ्ना उत्पालनहरु नष्ट गर्ने शृंखलाको पछिल्लो उदाहरण बेलायती फेसन लेभेल ‘बरबेरी’ बनेको हो । उसले अघिल्लो वर्ष लाखौं मुल्य पर्ने आफ्ना उत्पादन जलाएको बिबिसीलाई उद्धृत गर्दै आजको कान्तिपुरले लेखेको छ ।
    कम्पनीको बजारमा नबिकेका झोला, कपडा, एसेसरिज र अत्तर लगायत उत्पादनहरु नष्ट गरेको हो । कम्पनीले आफ्नो ब्रान्डको रक्षा गर्न त्यसो गरेको जनाएको छ । नबिकेका उत्पादनहरु बजारमा जाँदा कम्पनिप्रति नै नकारात्मक असर पर्न सक्ने भन्दै ‘बरबेरी’ ले सामग्री नष्ट गरेको हो ।
    कम्पनीले अघिल्लो वर्ष ४ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने काम नलाग्ने उत्पादन नष्ट गरेको हो ।

    ८१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad