BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    नातिको ‘देश बिर्सेर’ लोकार्पित

    संसार न्यूज संवाददातासाउन ४, २०७५

    काठमाडौं । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ ।

    उक्त कृतिको विहिबार  (साउन ३ गते) एक कार्यक्रमकाबीच लोकापर्णण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले कथाकार नरेश नाति बहुमुखी प्रतिभाको धनी भएको बताए ।

    नाति गीतकार, मुक्तककार, सङ्गीत मर्मज्ञका साथै राम्रो वाद्यवादक पनि भएको उल्लेख गर्दै उनले उनका कथाहरू सरल र सम्प्रेषणीय भएको उल्लेख गरे ।

    कवि, कथाकार तथा नाटककार गोपाल पराजुलीले सैनिकको जीवनमा सधैँ परीक्षा आइरहने उल्लेख गर्दै सैन्य सेवामा सेवारत लेखक नातिको कृति नेपाली साहित्यमा सफल हुने विश्वास व्यक्त गरे ।

    कवि तथा कथाकार समेत रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मात्रिका पोखरेलले नेपाली साहित्यमा लाहुरे समुदाय र वैदेशिक रोजगारीमा गएका श्रमिक वर्गका विषयमा धेरै कुरा लेखिन बाँकी रहेको बताए ।

    प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ र समालोचक महेश पौड्यालले नातिका कथाहरू सत्यको नजिक कृतिकारका जीवनका अनुभव, अनुभूति र भोगाइकै जगमा कथाहरू लेखिएको उल्लेख गरे ।

    ब्रिटिस सैन्य सेवामा कार्यरत नातिले कथा लेखनको पृष्ठभूमि सुनाउँदै भावुकताका साथ भने, “म कर्तव्यपालनको सिलसिलामा अफगानिस्तानमा खटिएको थिएँ । एक दिन मैले त्यहाँका पाखाभरि चिहानैचिहान देखेँ । पछि थाहा पाएँ ती चिहानहरू त दोस्रो विश्वयुद्धमा मारिएका गोर्खालीहरूका रहेछन् । मनमा नरमाइलो भयो ।”

    वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बेलायत डायास्पोरा नेपाली साहित्यकोे मलिलो भूमि भएको कुरा नातिको कथा सङ्ग्रहले सावित गरेको दाबी गरे । यसअघि ‘बाटो खोज्दाखोज्दै’ गीत र ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह प्रकाशित गरिसकेका नातिको तेस्रो कृतिको रुपमा प्रकाशित ‘देश बिर्सेर’ भित्र ‘युद्ध’, ‘माङपाहाङ जेठा’, ‘नरम चना भुत्ले साग’, ‘बाँसको भ¥याङ’, ‘स्मृति’, ‘देश बिर्सेर’, ‘अफगानिस्तान’, ‘रामलेपा’, ‘इकमान’, ‘इन्टरनेट’, ‘निस्सासिएको एक पल’ र ‘त्यो प्रेम’ गरी १२ कथा समाविष्ट छन् ।
    श विर्सेर

    ३१३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad