BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    बुद्ध, बुध्दु र सगरमाथा

    डा. दुर्गा दाहाल ‘अनुभव’, क्यालिफर्नीया अमेरिकासाउन ४, २०७५

    कुनबेला भयो भूगोलको बाँडफाँड ?
    बुद्ध र सगरमाथा हाम्रा भागमा परेछन्
    कुनै पौरखै नगरी
    प्रकृतिकै दयामायामा मात्र भाग लागेका
    प्रकृतिका बहुमूल्य गहना
    हाम्रै मानचित्रभित्र परेछन्

    माल पाएर पनि चालै नपाउने हामी
    नाभिमा कस्तुरी बोकेर भौतारिने मृग सरहका हामी
    दौडिरहेछौँ
    एकनास दौडिरहेछौँ
    विलकुल विपरित मार्ग दौडिरहेछौँ ।

    वर्तमान संवर्धन गर्न नसक्ने
    इतिहासको गरिमा भताभुङ्ग पार्ने
    आफ्नो अस्मिताको समेत
    रक्षा गर्न नसक्ने
    अपार सम्पदाका मालिक भएर पनि
    जहिलेतहिले भिखारी सरह हामी

    आत्मरतिमै रमाउँदै आएका हामी
    बाउबाजेकै दौलतमा रमाउँदै आएका हामी
    पुर्खाको पौरख र पसिनाको कमाईको पनि
    धज्जी उडाउने हामी
    नेपाली इज्जत र प्रतिष्ठालाई पिचकारीमा भरेर
    मनपरी होली खेल्ने हामी
    धनाड्य नेताका ग़रीब जनता
    हामी सधैँ अनामी हामी सधैँ अधोगामी

    बुद्धकै दर्शन र चिन्तन शीरमा बोकेर
    सारा जगत रमाउँदै छ
    हिमालकै शितल पानले सारा जगत रसाउँदै छ

    बुद्धका देशका बुध्दु बालक
    कहिल्यै छिप्पिएनौँ हामी
    न बुद्धि नै छ हाम्रो न सुद्धि नै छ हाम्रो
    न सिङ नै पलायो हाम्रो
    वैरागी भएर हो कि
    न त मन खोलेर रूनै सक्छौँ हामी
    वितरागी भएरै पो हो कि
    न त कुनै गन्तव्य पुग्न सक्यौँ हामी

    इति

    ४४५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad