BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    ‘बटम लाइन विधेयक फिर्ता’ डा. केसीको स्वास्थ्य झन कमजोर

    संसार न्यूज संवाददातासाउन ५, २०७५

    ५ साउन, काठमाडौं । अनशनको २० औं दिन बिहिबार जबर्जस्ती जुम्लाबाट काठमाडौं ल्याइएका डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म आइसीयू नजाने अडान राखेपछि उनको स्वास्थ्य झनै कमजोर बन्दै गएको चिकित्सकले बताएका छन् ।
    महाराजगन्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा अनशन जारी राखेका डा. केसीलाई छाति दुखिरहेको, श्वास प्रस्वासमा समस्या भइरहेको र पिसाब फेर्न समेत सकस भएको उनका सहयोगी चिकित्सकले बताए । उनमा मांशपेसी बाउँडिने, वाकवाकी लाग्नेलगायतका समस्या पनि देखा परेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
    ‘पिसाब फेर्न शौचालय जान सक्नुहुन्न, सुतेकै स्थानमा दुई÷तीन जनाले सहयोग गर्नुपर्ने स्थिति छ,’ डा. केसीका विद्यार्थी समेत रहेका सहयोगी नारायण कँडेलले भने, ‘ उहाँले आफ्नो स्वास्थ्य स्थिति भन्दा पनि मागलाई प्राथमिकतामा राखिरहनु भएको छ ।’ जुम्लाबाट ल्याइए पनि पूर्ण रुपमा स्वास्थय जाँच गर्न समेत नमानेका डा. केसीले मुटुको चाल नाप्ने इसीजी मनिटरसमेत अस्वीकार गरेका छन् ।

    ४९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad