BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    विकराल बन्दै ललितपुरमा आत्महत्याको समस्या, आत्महत्या गर्नेमा पुरुष बढी

    संसार न्यूज संवाददातासाउन ५, २०७५

    ५ साउन, काठमाडौं । ललितपुरमा आत्महत्याको समस्या विकराल बन्दै गएको छ । आर्थिक वर्ष २०७४÷७५ मा मात्रै जिल्लामा ९३ वटा आत्महत्याको घटना भएको प्रहरी परिसर जावलाखेलले जानकारी दिएको छ । आत्महत्या गर्नेमा ५८ जना पुरुष र ३५ जना महिला रहेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
    प्रहरी परिसर जावलाखेलका प्रहरी उपरीक्षक शेखर खनालले आव २०७४- ७५ मा जिल्लामा ९ सय ४५ वटा मुद्दा दर्ता भएको जानकारी दिए । त्यस्तै ०७३-७४ मा ८ सय ५८, ०७२-७३ मा ९ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये आत्महत्याका मुद्दा बढी रहेको प्रहरीले जनाएको छ । तीनवर्षको तथ्यांकले आत्महत्या बढ्दै गएको देखाएको छ ।
    तथ्यांक अनुसार ०७२-७३ मा ७७ वटा आत्महत्याका घट्ना घटेका थिए भने ०७३÷७४ मा ९१ वटा मुद्दा दर्ता भएका छन् ।

    ९१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad