BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    कोरियन प्रहरीमा भर्ती भइन् नेपाली मूलकी सम्झना राई

    संसार न्यूज संवाददातासाउन ६, २०७५


    दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । भोजपुरमा जन्मेर कोरियनसँग बिहे गरेकी सम्झना राई प्रहरीको बाह्र विभागमध्ये
    अन्तर्राष्ट्रिय मामिला विभागमा भर्ती भएकी हुन् । उनी कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् ।

    भिजिट भिषामार्फत कोरिया पुगेर उतै घरजाम गरेकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयबाट प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छन् । उनले शारीरिक, स्वास्थ्य र त्यहाँको प्रशासनसम्बन्धी परिक्षा समेत उत्र्तिण गरेपछि उनको प्रहरी अधिकृत बन्ने बाटो खुलेको हो ।

    किन प्रहरीमा भर्ती हुने लक्ष्य राख्नुभयो भन्ने जिज्ञासामा सम्झना प्रहरी पेशा आफूलाई सानै देखि मन पर्ने भएको बताउँछिन् उनी भन्छिन् “लाई सानै देखि प्रहरी पेशा मन पथ्र्यो । विभिन्न कारणले नेपालमा प्रहरी हुन सकिन । पछि कोरिया आएपनि यहाँ चौसन विश्वविद्यालयको कलेज अफ ल डिपार्टमेन्टमा पुलिस प्रशासन मेजर विषय लिएर पढ्ने मौका पाएँ र प्रहरी सेवामा जाने अवसर पनि पाएँ ।”

    राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यवसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरू धेरै समस्यामा परेका बताउने राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई कानुनी सहयोग गर्ने बताइन् । उनी भन्छिन् “जतिपनि कोरियामा हुनुभएका नेपालीहरु नेपाली संस्थाहरु अनि नेपालमा रहनु भएका कोरियनहरु लगायत सबै मानव समुदायको लागि मैले गर्न सक्ने सेवाको लागि म सँधै तत्पर रहने छु । ”

    प्रहरी अधिकृतमा नियुक्त भएसँगै उनी अहिले आठ महिने तालिममा छिन् । तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको प्रहरी अधिकृतको रुपमा काम शुरु गर्ने भएपनि कुन ठाउँ भने नतोकिएको उनी बताउँछिन् ।

    २३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad