BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    मैले छोड्नु भनेको मेरा मतदाताको अपमान गर्नु हो

    संसार न्यूज संवाददातासाउन १६, २०७५

     

    अनेसास स्थापनाको उदेश्य मात्रै पनि अघि बढाउने हो भने आजीवन सदस्यको सम्मान हुन्छ । त्यसैले साहित्यमा राजनीति नगर्नुस । साहित्यकार सबै एकै परिवारका सदस्य हुन् , भेदभाव नगर्नुस । साहित्यलाई कमाइ खाने थलो नबनाउनुस ।अनेसासमा आउनु सेवा गर्न आउनु हो, त्याग गर्न आउनु हो

    राजेन्द्र श्रेष्ठ उर्फ गोवर्धन पूजाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आगामी निर्वाचन (२०१८– २०२०) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अनेसासको महासचिवसमेत रहेका पुजाले भाषा र साहित्यको विकाश, बिस्तार र संरक्षण गर्न कटिबद्ध रहने अठोटका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन् । अनेसासको आगामी निर्वाचनकै सन्दर्भमा उनीसँग गरिएको कुराकानी :

    अध्यक्षमा उम्मेदवारी दिनुभएको छ, जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
    स् अनेसाससंगको मेरो सहयात्रा झन्डै डेड दशकदेखि को हो र यो यात्राका क्रममा मैले सस्थाप्रति प्रत्यक्ष वा परोक्ष रुपले सधै सकारात्मक, उत्पादन मूलक र जिम्मेवारीपूर्ण रुपले सहभागिता जनाउदै आएको छु । सस्थालाई बुझेको र सस्थाले मलाई चिनेको छ । नयाँ सोच, उर्जा र जागर मसंग छ ।त्यसैले मेरो जीत यसमा आबद्ध आजीवन सदस्यको हातमा छ ।

    तपाईको जित्ने आधार के के छन् ?
    उत्तर स् सस्थाप्रतिको आस्था, तीनदशक लामो मैले गरेको साहित्य सेवा, आजीवन सदस्यहरूको मप्रतिको बिश्वाश र आशा हो ।

    यसअघि तोकिएको मिति सारियो, संस्थाभित्र विवाद भएर हो की, विवादीत बनाउन खोजिएको हो ?
    मिति सर्नु भनेको छुटेका सदस्यलाई समेट्ने प्रयास हो र जुनसुकै सस्थामा पनि साना साना विवाद भइ हाल्छ तर अनेसासमा बाहिर आएको कस्तो विवाद छैन । आजीवन सदस्यता नविकरण र मतदान अधिकार माग्नु पनि विवाद हुन्छ ?  फेरि यो पहाड नै खसाल्नु पर्ने काम पनि होइन सजिलै समाधान हुने काम हो ।

    अनेसासलाई कस्तो बनाउन चाहनु हुन्छ ?
    अनेसास सबै साहित्यकारको साझा चौतारी हुनुपर्छ । सबैले मेरो हो भन्ने अनुभूति गर्ने सस्था हुनु पर्छ र यो हो पनि, हुनु पनि पर्छ । फेरि यो गारो कुरा पनि होइन र छैन पनि । म त्यसको स्वरूपलाई उजागर गर्न चाहन्छु । अनेसास स्थापनाको उदेश्य अनुरूपको स्वरूप बनाउने मेरो संकल्प छ ।

    नेपाली भाषा साहित्यको प्रबद्र्धन गर्ने उद्देश्यले गठन भएको पवित्र संस्थाको नेतृत्व चयन चुनावमा जानु कत्तिको उचित ठान्नुहुन्छ ?
    चुनाव हुनु भनेको प्रजातान्त्रिक पद्दतिमा जानु हो । मतदाताको अधिकार प्रयोगको अभ्यास पनि हो । म त भन्छु सबै सस्थामा नेतृत्व चुनावबाटै हुनु पर्छ । त्यसले बहुमतको प्रतिनिधित्वको अनुभूति दिन्छ ।

    ३ जना अध्यक्षको उम्मेदवार हुनुहुन्छ, यदि सहमतिमा जानु पर्दाको अवस्थामा तपाईले छोड्नु पर्यो भने तपाई तयार हुनुहुन्छ ?
    यो प्रश्नको उत्तर नभएर नै मैले उम्मेदवारी दिएको हुँ । म अनेसासमा परिवर्तन र समय सान्दर्भिकता चाहने आजीवन सदस्यहरूको प्रतिनिधि पात्र हुँ । त्यसैले मतदानबाट जे निर्णय हुन्छ स्वीकार गर्छु । मैले छोड्नु भनेको मलाई उमेद्वार बनाउनु हुने मतदाताको अपमान गर्नु हो । त्यो मेरो स्वाभिमानले दिदैन्र ।

    तपाईको साहित्यीक यात्रा कहिले देखिको हो ?
    बि सं २०४२ र ४३ बाट लेख्न सुरु गरेको हो ४३ मा पहिलो रचना छापिएको थियो । हालसम्म ९ वोटा प्रकाशित र ३ वोटा प्रकाशोन्मुख कृति छन् ।

    अध्यक्ष बन्नु भयो भने संस्थालाई अगाडि बढाउन के प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ?
    मैले माथि नै भनि सकेको छु, धेरै र ठुलो काम गर्नु नै पर्दैन, यसको स्थापनाको उदेश्यलाई अघि बढाउनु नै आजको आवश्यकता हुन्छ । नेपाली साहित्य र भाषाको अन्तर्राष्ट्रिय बिस्तार, पाठकसम्म कृतिको पहुचता र वितरण र हालको च्याप्टर विस्तारलाई आधुनिकीकरण गर्दै केन्द्र र च्याप्टर अनि आजीवन सदस्य बीचको सुमधुर सम्बन्ध बिस्तार गर्न मात्रै सकियो भने सबैको जय हुन्छ । आजीवन सदस्यको ठूलो चाहना नै छैन भन्या । सस्था पारदर्शी होस् र सस्था मेरो पनि हो भन्ने अवस्था आवोस भन्नु कुनै माग होइन, तर यहाँ यो पनि न भएर पो त । जुन म सजिलै पूरा गर्न चाहन्छु ।

    यस्तै उद्देश्य राखेर विभिन्न देशमा गठन अरु संस्थाहरुसँग संस्थाको सम्बन्ध कस्तो हुनुपर्ला ?
    अनेसास पुरानो र ठूलो सस्था हो । हाम्रो उदेश्य भाषा र साहित्यको सेवा गर्नु हो । यदि एक सुत्रीय उदेश्य मा जो कोहि पनि सहकार्य गर्न आउछ र चाहन्छ भने कुनै आपत्ति हुनु हुदैन । सहकार्य, सद्भाव र सर्वाहितको उदेश्यमा सम्बन्ध अघि बढाउनु पर्छ ।

    अनेसासको अध्यक्षका नजरबाट नेपालभित्रको नेपाली भाषा साहित्यको अवस्था कस्तो देख्नु हुन्छ ?
    अनेसासको अध्यक्षको नजर भन्दा पनि म नेपाली साहित्यको अध्येता हुँ । नेपाली साहित्यमा एम ए सम्मको अध्ययन पनि गरेको छु । यस्तो मेरो अध्ययन र अनुभवले नेपालमा नेपाली साहित्यको अवस्था अत्यन्तै राम्रो र परिवर्तन मुखी रहेको देख्छु् राम्रा राम्रा सिर्जना भैरहेका छन् । नयाँ नया बिषयको खोजि भइ रहेको छ । पाठक जागरुक भएका छन् । पढ्ने बानी बढेको छ । पाठकले नै लेखकलाई सल्लाह दिने अवस्था आइरहेको छ । त्यसैले अबको साहित्य कि त पाठक निर्देशित बिषयमा लेखिनु पर्छ कि त लेखकको खोजि क्षमतामा लेखिनु पर्छ ।

    अर्को व्यक्ति अध्यक्षमा निर्वाचत हुनुभयो भने, तपाईको तर्फबाट सुझाव के रहला ?
    अनेसास स्थापनाको उदेश्य मात्रै पनि अघि बढाउने हो भने आजीवन सदस्यको सम्मान हुन्छ । त्यसैले साहित्यमा राजनीति नगर्नुस । साहित्यकार सबै एकै परिवारका सदस्य हुन् , भेदभाव नगर्नुस । साहित्यलाई कमाइ खाने थलो नबनाउनुस ।अनेसासमा आउनु सेवा गर्न आउनु हो, त्याग गर्न आउनु हो ।

     

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) कार्यसमिति (सन् २०१८ –२०२० ) को निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार गोवर्धन पूजाको घोषणा पत्रको पूर्ण पाठ :

    आदरणीय अनेसासका आजीवन सदस्यज्यूहरू ,
    साहित्यकारज्यूहरू र नेपाली भाषा र साहित्यलाई माया/ सम्मान र प्रेम गर्नुहुने महानुभावहरू  ,

    नमस्कार,

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कार्यसमिति (सन् २०१८ –२०२० ) निर्वाचनको संघारमा छौं । संस्था स्थापनाको उद्देश्य प्राप्तिका लागि र यसको मूल्य र मान्यताको नेपाली साहित्यमा योगदान पुर्याएका साहित्यिक व्यक्तित्व, सांगठनिक नेतृत्व र कुशल क्षमता भएका नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा समर्पित  साथीहरूलाई समेट्दै र सहमतिमा लिएर जाने योजना सहित मेरो समूहको साझा प्रतिबद्दता सहर्ष सार्वजनिक गर्दछु  ।

     

    हाम्रा कार्य  योजनाहरू :-

    नेपालमा अनेसास:-  दृष्टिकोण र भावी योजना :

    १. नेपाली भाषा र साहित्यको मूल थलो नेपाल हो | नेपाललाई नै मीयो बनाएर नेपाली साहित्य लेखिएका छन् , लेखिने छन् र लेखिनु पनि पर्छ | यसैले नेपाली साहित्यलाई विश्वका बिभिन्न मुलकमा फैल्याउने र केन्द्रीकृत साहित्यिक गतिविधिलाई विकेन्द्रीकरण गर्ने सके वास्तविक नेपाली भाषा साहित्यको विकास र विस्तारको कार्ययोजनाले सफलता पाउने धारणा अनुरुप नेपालमा साहित्यिक सम्पर्क समितिको स्थापना गरिने छ |

    क) परदेशबाट घरदेश आएका भाषा र साहित्यका सेवी र प्रेमीलाई सम्पर्क समितिले साहित्यिक चौतारीको शीतलता प्रदान गर्ने छ |

    ख ) सम्पर्क समितिको मातहतमा रहने सम्पादन/ प्रकाशन समितिले परदेशबाट गएका साहित्यकारको कृति सम्पादन / प्रकाशन र वितरणमा व्यवस्था मिलाउने छ |

    ग ) अनेसास मार्फत सम्पादित/ प्रकाशित कृतिलाई अनेसासका विश्वभर रहेका च्याप्टर माझ बिक्रि वितरण गर्ने व्यवस्था मिलाइने छ , जसले सर्जकको प्रकाशन खर्चलाई केहि राहत र कृतिलाई पाठकसम्म पुर्याउन मद्दत गर्ने छ |

    घ ) नेपालमा हाल स्थापना भैरहेका शाखाहरूलाई व्यवस्थित गराईने छ , जसले गर्दा हाल नेपाल च्याप्टरलाई तिर्दै आएको सम्पूर्ण सदस्यता शुल्कको व्यवस्थापन हुने र सीधै अनेसास केन्द्रसम्म उनीहरूको पहुच पुग्ने छ |

    ङ्) साझा प्रकाशन , प्रज्ञा प्रतिष्ठान  र त्रिभुवन विश्व बिद्यालयलगायत  अन्य भाषा र साहित्यका केन्द्रसंग सहकार्य गर्दै कृति प्रकाशन , शोधग्रन्थ लेखन र साहित्यिक प्रशिक्षणको व्यवस्था मिलाइने छ |

    २, नेपाली साहित्यको विश्वव्यापीकरणमा अनेसासको भूमिका:

    अनेसास स्थापनाको मूल उदेश्य अनुरुप नेपाली साहित्यको विश्वव्यापीकरणका लागि अनुवाद साहित्यका साथमा पाठकसम्म लेखकलाई पुर्याउनु पनि एउटा चुनौति हो | यसका लागि अनुवाद साहित्यका साथमा नेपाली साहित्यका पाठक समक्ष कृति पुर्याउने कार्य गरिने छ |

    क ) अनुवाद सम्पादकको व्यवस्था गरि न्यूनतम पारिश्रमिकमा नेपाली साहित्यलाई अनुबाद गराउने व्यवस्था गरिने र प्रकाशन, वितरणको व्यवस्था मिलाइने छ |

    ख) सामुदायिक  पुस्तकालय र अन्तर्राष्ट्रिय पुस्तकालय मार्फत प्रकाशित कृति पाठक समक्ष पुर्याउने व्यवस्था गरिने छ |

    ग)  भाषाका दक्ष व्यक्तित्वलाई समेटेर अन्तर्राष्ट्रिय साहित्यकार समिति गठन गरिने छ | सो समिति मार्फत नेपाली साहित्यकार र बिदेशी साहित्यकार बीच अन्तरक्रिया र गोष्ठी गरि साहित्यिक गतिविधिलाई सीमाहीन भूगोलमा बिस्तार गर्ने प्रयास गरिने छ |

    ३. अनेसासलाई आर्थिक रुपमा सबल बनाउने सबालमा :

    २७ बर्षे युवा अनेसासको घरमा आर्थिक अभाव छ | आजसम्म जतिपनि सभा समारोह गरियो सबै आजीवन सदस्य शुल्कबाट गरियो , जसले गर्दा अनेसासलाई प्राप्त हुने एक मात्र आम्दानी कार्यक्रम गर्नमै लगानी गरियो |आगामी दिनमा यस्तो रकम कार्यक्रममा खर्च गरिने छैन |

    क ) सभा समारोह गर्न आजीवन सदस्यता शुल्क प्रयोग गरिने छैन |

    ख ) कार्यक्रम प्रयोजनका लागि दाताहरूलाई  आव्हान गरिने छ र प्राप्त रकमको पारदर्शिताका लागि छुट्टै समिति गठन गरिने छ | कार्यक्रम सम्पन्न भएको ३५ दिन भित्र आय व्यय विवरण आजीवन सदस्य माझ सार्वजनिक गरिने छ |

    ग) अनेसासको त्रैमासिक प्रकाशन अन्तर्दृष्टि लाई व्यवसायिक प्रकाशनको रुपमा प्रकाशन गरि कम्तिमा एक प्रकाशनमा एक लाख नेपाली रुपैया सम्मको बचत थालिने छ |

    घ) अनेसास मार्फत प्रकाशित कृति च्याप्टरमा बिक्रि वितरण गरि आर्थिक संकलन गरिने छ |

    ङ्) आजीवन सदस्यहरूको जन्मदिन, बिबाह र अन्य शुभकार्यमा गरिने खर्च /दानको केही अंश अनेसासको “फन्ड” मा लगाउन अनुरोध गर्ने र ५० अमेरिकी डलर भन्दा बढी दान गर्ने दाताहरूलाई अनेसासको कार्यक्रममा सम्मान पत्र प्रदान गरिने छ |

    ४.अनेसास र आजीवन सदस्य बीच सम्पर्क स्थापना गर्न :

    क ) सामाजिक संजाल मार्फत आजीवन सदस्य र अनेसास कार्यसमिति बीच अटूट सम्बन्ध स्थापनाको व्यवस्था गरिने छ |

    ख) वेव साइटलाई नियमित अपडेट गरि सूचना सम्प्रेषण गरिने छ |

    ग) फेसबुक मार्फत साहित्यिक ज्ञाता र ज्ञान आर्जन गर्न चाहने बीच सम्पर्क गराई साहित्य सिर्जनाका लागि अनुभव बाड्ने अवसर र प्रशिक्षण दिने व्यवस्था मिलाइने छ |

    घ) मासिक रुपमा प्रत्येक च्याप्टरबाट सर्जकलाई सहभागिता गराई सिर्जना वाचन गराइने छ |

    ङ्) बार्षिक रुपमा अन्तर्राष्ट्रिय कविता प्रतियोगिता गराई कविलाई सम्मान र पुरस्कृत गरिने छ |

    ५  . च्याप्टर र केन्द्रबीचको सम्बन्धका बारेमा :

    च्याप्टर भनेको केन्द्रको प्रमुख अंग हुन् | यस संगको सहकार्य विना केन्द्र सफल हुन सक्दैन|  यसैले च्याप्टर बलियो भयो भने केन्द्र बलियो हुनेछ | यसैले च्याप्टर र केन्द्रबीच सुमधुर सम्बन्ध राख्न :

    क) च्याप्टरले संयोजन गर्ने जुनसुकै कार्यक्रमको सभापति सोही च्याप्टरको अध्यक्षलाई बनाइने छ |

    ख) च्याप्टरबाट प्रकशित गरिने कृतिको सम्पादन / प्रकाशन र  वितरणका लागि नेपाल सम्पर्क समिति मार्फत सहयोग गरिने छ |

    ग) च्याप्टरमा आइ परेका समस्या समाधानका लागि सामाजिक संजालमा निरन्तर केन्द्रका प्रतिनिधि र च्याप्टरका प्रतिनिधि बीच सम्पर्क सूत्रको व्यवस्था गरिने छ |

    घ) हाल दुईदुई बर्षमा गरिदै आएको च्याप्टर सम्मेलनलाई निरन्तरता दिदै सम्मानलाई अझ सम्मानित र व्यवस्थित गरिने छ |

    ङ्) च्याप्टरका अध्यक्षलाई समेटेर एउटा समिति बनाइने छ , जसले निरन्तर केन्द्र र च्याप्टर बीच बैचारिक सन्देश आदान प्रदान गरि अनेसासलाई नयाँ गति दिन सल्लाह , सुझाव र समीक्षा गर्ने कार्य गर्नेछ |

    ६ .पूर्व अध्यक्ष र सल्लाहकारको अनुभव र ज्ञानको सदुपयोग गर्न :

    क ) पूर्व अध्यक्षहरूलाई समेटेर एउटा समिति बनाइने छ, जसले कार्यसमितिको कार्य योजनामा  सहयोग , सुझाव र सल्लाह दिने छ |

    ख) पूर्व सल्लाहकार, सल्लाहकार र पूर्व अध्यक्षहरूलाई सामाजिक संजालमा समेटेर निरन्तर कार्यसमितिको सम्पर्कमा राखी सल्लाह , सुझाव र सहयोगको अपेक्षा राखिने छ |

    ग) पूर्ब सल्लाहकार र अध्यक्षहरूलाई कार्यक्रम हरूमा निमन्त्रणा गरि उचित सम्मान गरिने छ |

    घ) च्याप्टर सम्मेलनको समयमा पूर्व अध्यक्ष हरूलाई आमन्त्रण गरेर अनूभूति सम्प्रेषण गर्न प्रेरित गरिने छ |

    ङ्) पूर्व अध्यक्षहरू र सल्लाहकारहरूको कृतिलाई च्याप्टर मार्फत बिक्रि वितरणको व्यवस्था मिलाइने छ |

    सादर

    गोवर्धन पूजा

    अध्यक्ष उमेद्वार (२०१८-२०२० )

    अनेसास ,

    सम्पर्क : ५०८-८४०-५८७४

    इमेल : gpooja1970@gmail.com

    बोस्टन , अमेरिका

     

    हामी सर्जक हौं, राजनीतिज्ञ जस्तो नवनौं !!

    ९१९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad