BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    आक्रोशित नेपाली किसानले कब्जा गरे भारतीय गोलभेडा (तस्बिर सहित)

    फर्सुराम भुर्तेलसाउन १६, २०७५

    १६ साउन, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित प्रमुख तरकारी बजार परीसरमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी नियन्त्रणमा लिई आक्रोशित किसानहरुले गोलभोडा फ्याकेका छन् ।
    नेपाली गोलभेडा उत्पादकहरुले बजार भाउ नपाएर आन्दोलित भइरहेका बेला युपी ५३ डिटि १२६६ नम्बरको बोलेरो गाडीमा ११० क्रेट गोलभेडा कालिमाटी भित्रिएको सूचना पाएका किसानहरुले तरकारी बजार परिसरभित्रै सांकेतिक एक्सन गरेको जनाएका छन् ।


    सो गाडीमा गोलभेडा आउँदै गरेको सूचना पाएका किसानहरुले सुनौली भंसार कार्यालयमा समेत सोधपुछ गरी मंगलबार बिहान ५ बजेदेखि नै निगरानी बढाएका थिए । नेपाली गोलभेडाले बजार नपाएर उत्पादकहरु स्वयं आक्रोशित बनेका बेला गुणस्तर मापदण्ड र क्वारेन्टाइनको विधि नपुगेको गोलभेडा निर्वाध रुपमा कालीमाटी तरकारी बजारमा छिराइनुले किसानहरुमा आक्रोश बढेको हुन सक्ने मातातीर्थका किसान रत्न श्रेष्ठले बताएका छन् ।
    ‘११० क्रेट गोलभेडा कुनै ठूलो परिणाम होइन, व्यवसायीक हिसावले पनि त्यो फलदायी होइन, तर, नेपाली किसान आफैं मर्माहित भएका बेला ‘ट्रायल विजनेस’ गरिएकोमा किसानहरुको आपत्ति हुनसक्छ ।’ एकाबिहानै तरकारी खरिद गर्न पुगेका धुमबाराहीका तरकारी पसलेले संसारन्यूजसँग प्रतिक्रिया दिए ।


    ‘हामी किसानहरु यसको सुइको पाउँदा साथ राति पनि निदाएनौं नागढुंगा चेकपोष्टबाट फलोअप गर्दै हामी कालिमाटी आएका हौं,’ गोलभेडा एक्सनमा सहभागी एक कृषकले भने । ४०–५० क्रेट निकालिएको र अन्य बाँकी गाडिमै रहेको अवस्थामा गोलभेडा फेला पार्दासाथ किसानहरुले गाडी, गोलभेडा, क्वारेन्टाइन र भंसार प्रक्रियाका विषयमा सोधपुछ गर्दा सकारात्मक जवाफ नपाएपछि किसानहरु आक्रोशित भएका थिए ।


    अष्ट ज अभियन्ता समेत रहेका गोलभेडा कृषक पुष्कर केसी र किसान चौतारीका अभियन्ता तथा गोलभेडा किसान टिका अविरलको अगुवाईमा भएको सो सांकेतिक प्रतिरोध कार्यक्रममा नेपाली उत्पादनलाई भारतले गर्न गरेको व्यवहार सच्याउन तथा भारतीय उत्पादनको प्रवेश विधि सम्मत हुनुपर्ने कुरा बताईएको थियो । कार्यक्रममा आक्रोशित किसानहरुले केही क्रेट गोलभेडा फ्याँक्दै यसलाई सांकेतिक प्रतिरोध ठान्न चेतावनी दिएका थिए ।


    यस सम्बन्धमा किसानहरुको साथमा रहँदै आएको संस्था अष्ट ज अभियान नेपालका केन्द्रीय सचिव कृष्णराम मगरातीले संसारन्यूजसँग भने, ‘मन्त्रीज्यूले उपल्ला निकायमा कुरो पुर्याएर समाधान गर्छु भन्नु भएको छ, यदि भएन भने किसान साथीहरुसँगको व्यापक अन्तरक्रियाबाट आन्दोलनको घोषणा गर्ने सोचेका छौं ।’

     

    १०११ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad