BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    घर विदामा आएर कतार फर्केको २७ दिनमै मृत भेटिए पराजुली

    संसार न्यूज संवाददातासाउन १८, २०७५

    कतारमा कार्यरत एक नेपालीले घर विदामा आएर फर्केको २७ दिनमै आत्महत्या गरेका छन् ।
    सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ११ कटुन्जे पानीका भरत पराजुलीको पानीको ट्यांकीभित्र सब फेला परेको हो ।
    सोहि इलेक्ट्रो कम्पनीमा कामगर्ने पराजुलीका साथी सिन्धुपाल्चोकका जनकराज पुरीका अनुसार प्रहरीको प्रारम्भिक रिर्पोटमा उनले आत्महत्या गरेको देखिएको छ ।
    ३१ जुला का दिन कम्पनीमै कार्यरत रहेका बेला पराजुली पानी ट्यांकीतिर २ पटकसम्म गएको सीसी टिभी फुटेजमा देखिएकोले उनले आत्महत्या गरेको प्रारम्भिक रिर्पोटमा देखिएको बताइएको छ ।


    ३ वर्षदेखि कतारमा कार्यरत पराजुलीको परिवारमा श्रीमती, दुई छोरी, एक छोरा र आमा बुवा रहेका छन् ।
    पराजुलीका बुवा लोकनाथ पराजुलीले छोराको शब नेपाल ल्याउनका लागि सम्बन्धीत पक्षसँग अनुरोध गरेका छन् । उनले छोराको मृत्युको सत्य तथ्य पत्ता लाइदिन पनि सरकारसँग अनुरोध गरेका छन् ।

    ६६८ पटक
    प्रतिकृया दिनुहोस्