BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    हत्या गरिएको भनिएकी रिताले आत्महत्या गरेको पुष्टी

    उमाकान्त पाण्डे युएई साउन १८, २०७५

    युएई । युएईको दुवईमा हत्या गरिएको भनिएकी नेपाली महिलाले आत्महत्या गरेको पुष्टी भएको छ ।

    युएईको दुवईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी रिता खनाल गएको २८ जुलाई (असार १२) का दिन आफूले कामगर्ने दुवईको कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

    कार्यालयको शौचालय सलको पासो लगाएर झुण्डिएको र खुट्टाले भुईँ टेकेको अवस्थामा भेटिएकाले खनालको हत्या भएको आशंका गरिएको थियो । घटना बारे अनुसन्धान गर्न स्थानीय प्रशासनले सोही कम्पनीमा कार्यरत एकजना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

    घटनाको अनुसन्धान र शवको परिक्षणपछि खनालको हत्या नभई आत्महत्या भएको पुष्टी भएको कम्पनीले जनाएको छ । खनाल दुईबर्ष पहिले तान्जिफको क्लिनिङ कम्पनीमा काम गर्न युएई आएकी थिइन् ।

    ३९ बर्षिय खनालका श्रीमान सहित १ छोरा र १ छोरी छन् । खनाल, कम्पनीको भिसा रद्द गरेर दसैंमा नेपाल फर्किने योजनामा रहेको परिवारले जनाएको छ ।

    खनालको हत्या भएको भनिएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता तथा सांसद टोपबहादुर रायमाझीले पनि दूतावाससँग सोधपुछ गरेका थिए । लिखित कागजपत्र आइनसकेको तर मौखिक रुपमा हत्या नभई आत्महत्या भएको बारे जानकारी दूतावासमा आएको कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

    अहिले दुवईको अल रशिद अस्पतालमा रहेको मृतकको शव अस्पताल र पुलिस रिपोर्ट आएपछि नेपाल पठाइने उनले बताए ।

    २२६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad