BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    स्रष्टा र सृष्टि

    हरिप्रसाद रिमालः चारआली झापा नेपालसाउन २२, २०७५

    लेख्छन् कुनै गीत मिठा मिठा यहाँ
    पोख्छन् कुनै प्रीत मिठासले नयाँ
    स्वच्छन्द शृङ्गार कुनै सजाउँछन्
    स्रष्टा सबैले कविता बनाउँछन् ।१।

    पोख्छन् कुनै हास्य विशेष शब्दले
    संयोग सद्भाव वियोग स्नेहले
    फुर्छन् सबैमा मनबाट आउँछन्
    स्रष्टा सबैले कविता बनाउँछन् ।२।

    रोजेर शब्दाङ्कुर अर्थका ढिका
    निम्त्याउँछन् कञ्चन बन्छ विद्वता
    लेख्तै गरे भाव नयाँ पलाउँछन्
    स्रष्टा सबैले कविता बनाउँछन् ।३।

    हुर्केर शोभा जब दिन्छ सार्थक
    सुध्रिन्छ भित्री मनको समर्थक
    वासन्तिका पल्लव तुल्य आउँछन्
    स्रष्टा सबैले कविता बनाउँछन् ।४।

    तानेर भित्री मनका सबै कुरा
    उक्साउँदै यै मनभाव आँकुरा
    साहित्यको सौरभ फ्याँक्न थाल्दछन्
    स्रष्टा सबैले कविता बनाउँछन्  ।५।

     

    इति

    छन्दः इन्द्रवंशा

    २७८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad