BizPati

  • Ad
  • आज : २०७५ मंसिर १ गते
    Headlines :

    गाउँ फर्किनेलाई ५ लाख दिने गाउँपालिका अध्यक्षको घोषणा

    संसार न्यूज संवाददातासाउन २२, २०७५

    २२ साउन, काठमाडौं । गाउँ पछि सहर अनि सहरपछि परदेश पस्ने चलनले पछिल्लो समय झन भन्दा झन पछि बढ्दै गएको  अवस्थामा युवालाई गाउँमै रोक्नका लागि स्थानीय सरकारहरुले विभिन्न नयाँ योजना ल्याएका छन् ।

    तेह्रथुम छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले पनि पनि यस्तै योजना ल्याएका छन् । उनले गाउँ फर्केर आफ्नै पाखोबारीमा केही गर्ने चाहाने राख्ने युवालाई उसको व्यवसायीक योजना हेरेर १ देखि ५ लाख सम्म अनुदान दिने घोषणा गरेका छन् ।

    यति मात्र नभएर त्यो व्यक्तिले कुन पेशा गर्न इच्छुक छ त्यहि पेसाका लागि तालिम पनि गाउँपालिकाले व्यवस्था गर्ने उनले बताएका छन् ।

    गाउँपालिकामा रहेका ओख्रे, फाक्चामार, पन्चकन्या, हमरजुङ, सुदाफ आङदिमबाट बसाइ सराइ गरेर बाहिर गएकाहरुलाई घर फर्काउने अभियान स्वरुप यस्तो महत्वकांक्षी घोषणा गरेको अध्यक्ष लिम्बुले बताएका छन् ।

    अध्यक्ष लिम्बुका अनुसार व्यवसायीक योजनाको आधारमा यस्तो अनुदान दिइने छ ।  गाउँपालिकाले हाललाई रु १० लाख बजेट सोहि योजनाको लागि छुट्याइएको छ ।

    गाउँमा उचित पूर्वाधार नभएको कारण र भौगोलिक रुपमा सुख्खा हुने हुनाले पहाडदेखि तराई झर्ने क्रम बढेको अवस्थामा गाउँलाइ बस्न योग्य बनाउनमा आफू लागि परेको अध्यक्ष लिम्बुले बताएका छन्, ‘छथर गाउँपालिकाको जनसँख्या अहिले १६ हजार ७१५ मात्र रहेको छ,’ लिम्बुले भने, ‘जनसंख्या बढाउनका लागि पनि हामीले पूर्वाधारका तयारी गरिरहेका छौं कम्तिमा छथरमा २५ हजार जनसंख्या पु¥याउने हाम्रो लक्ष्य रहेको छ यसमा छिमेकबाट पनि बसाइ–सराई गरेर आउन सक्ने छन् ।’

    लिम्बुका अनुसार अहिले ओख्रेबाट २ सय परिवार, फाक्चामाराबाट १ सय परिवार, पञ्चकन्याबाट २ सय परिवार तथा अन्यबाट बसाई सराई गरेर गएकाहरु सहित ६ सय भन्दा बढीले गाउँ छोडेर गएका छन् । उनीहरु धरान, इटहरी, सुनसरी र मोरङ लगायतका जिल्लामा गएर बसोबास गरेका छन् । आफूले छोडेर गएको माटो सिर्गानका लागि बाहिरीएकाहरु फर्केर आउने आसा आफूले राखेको अध्यक्ष लिम्बुले बताएका छन् ।

    पानी नभएर सुख्खा भएका ठाउँमा डिप बोरिङ गरेर तथा तमोर लिफ्टीङ गरेर पानीको व्यवस्था गरिनुका साथै सडक विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा चाइल्डकेयरका कार्यक्रम र योजना बनाइएको अध्यक्ष लिम्बुले बताए । उनका अनुसार अबको पुस्तामा अंग्रेजी मोह बढेको र परिवारका सदस्यको पनि आफ्ना छोराछोरी भोली अन्तराष्ट्रिय बजारका लागि पनि योग्य बनुन् भन्ने चाहना रहेकोले अब सोहि अनुसार शैक्षिक कार्यक्रमहरु लागू गरिने छ ।

    लिम्बुले कृषि तथा फलफूल खेतीमा पनि युवाहरुको आर्कषण बढाउनका लागि विभिन्न कार्यक्रमहरु ल्याइएको बताएका छन् । उनले १ महिना अघि ओख्रे, फाक्चामार, सुदाफ, हमजुङ लगायतका वडामा झण्डै १० हजार आपको विरुवा वितरण गरेको बताए । अहिले त्यसको कृषि शााखाबाट अनुगमन भइरहेको छ । तर, सुख्खाग्रस्त क्षेत्र भएका कारण १० बोट विरुवा वितरण गरेको ठाउँमा ४ बोट मात्र बचाउन सफल भएको अवस्था रहेको लिम्बुको भनाई छ ।

    त्यस्तै उक्त क्षेत्रलाई सुख्खा क्षेत्र हुनबाट बचाउनका लागि एक घर एक प्लाष्टीक पोखरीको अभियान पनि उनले ल्याएका छन् । आकासे पानी संकलन गरेर त्यहि पानीबाट तरकारी खेती लगायतका काम गर्न सकिने लिम्बुले बताए ।

    उनले अर्को महत्पूर्ण कामको थालनी गरेका छन् । त्यो हो, ‘उज्यालो छथर २०७४–०७५’ उज्यालो छथरका लागि उनले विद्युत नभएको घरमा विद्युत पु¥याउनका लागि मिटर बक्स, कालो तार र वायरिङको सेवा दिने लगायका कामहरु अघि सारेका छन् । साथै बस्ति कम र भौगोलिक बिकटता भएका ठाउँलाई सोलार वितरण गरिएको छ । पंचकन्याको वासिका र त्रिवेणी लगायतमा २० थान सोलार वितरण गरिएको पनि अध्यक्ष लिम्बुले संसारन्युजलाई बताए ।

    १९७४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad