BizPati

  • Ad
  • आज : २०७५ मंसिर १ गते
    Headlines :

    अपराध अनुसन्धान बिभाग मकाउका प्रमुखद्धारा केसीलाई सम्मान

    प्रजुन कुमार अधिकारी,मकाउ साउन २३, २०७५

    २३ साउन, मकाउ । मकाउको राष्ट्रिय अपराध अनुसन्धान विभागका प्रमुख Mr Sit Chong Meng  ले राम बहादुर केसीलाई सम्मान गरेका छन् ।

    केसीले सोमबार राति डिउटी जाने क्रममा स्थानीय महिलालाई डाकाबाट बचाएको तथा अपराधमा संलग्नलाई पक्राउ गर्न मकाउ प्रहरीलाई सहयोग गरेको भन्दै उनलाई आज मकाउको राष्ट्रिय अपराध अनुसन्धान विभागबाट सम्मान गरिएको हो ।
    प्रमुखले सम्मानका क्रममा केसीले देखाएको बहादुरी प्रति खुसी व्यक्त गर्दै प्रहरीको ‘प्रहरी व्याटन’ दिएर सम्मान गरेका थिए ।


    सोमबार डिउटी जाँदै गरेका केसीले महिला चिच्याएको आवाज सुनेपछि त्यतातिर गएको र उनले डाकाको प्रतिकार गरेर महिलाको जिउ धन बचाउने मात्र काम गरेनन् आफूमाथि छुरा प्रहार भएर घाइते भएको अवस्थामा पनि उनले तत्कालै प्रहरीलाई खबर गरेपछि डाका पक्राउ सहयोग गरेका थिए ।

    उनलाई हिजो मंगलरबार त्यहाँको प्रहरीले सम्मान गरेको थियो भने आज (बुधबार) Director of the Judiciary Police, Mr Sit Chong Meng   ले सम्मान गरेका हुन् । उनी सम्मानित भएसँगै मकाउमा कार्यरत सेक्युरेटी क्षेत्रमा कार्यरत नेपालीका लागि गौरवको विषय भएको छ भने उनको बहादुरीले मकाउ सरकारले अझ बढी नेपालहरुलाई रोजगारी दिने सम्भावना बढेको मकाउ–नेपाल बडि विल्डिङ मकाउका सभापति बाबा भाइ (सृजन) ले संसारन्युजलाई बताए ।


    केसीलाई छुरा प्रहार गरेका ती अभियुक्त चीनियाँ प्रहरीको मोष्ट वान्टेडमा रहेका थिए । मकाउको बिश्वबिद्यालय नजिकबाट रातको समयमा समुन्द्र पार गरि मकाउ प्रबेश गरेका अभियुक्त चीन प्रहरी, सामुन्द्रिक प्रहरी र मकाउ प्रहरीद्दारा खोजि गरिएका अपराधि रहेको बताइएको छ ।
    उक्त सम्मान कायक्रममा मकाउ राष्ट्रिय अपराध अनुसन्धान बिभाग प्रहरी प्रमुख ऊपप्रमुख तथा बिशिष्ट श्रेणीको ब्यक्तित्वहरूको ऊपस्थिति रहेको थियो ।

    मकाउ प्रहरीबाट पनि सम्मानित भए केसी, अपराध अनुसन्धान प्रमुखले पनि भेट्ने

    ११२२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad