BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    मलेसियाली पूर्वप्रमलाई भ्रष्टाचारको आरोप, प्रमाणित भए १५ वर्ष जेल बस्नु पर्ने

    रासस-एएफपीसाउन २३, २०७५

    photo-Agency

    २३ साउन, क्वालालम्पुर ।  मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ ।

    मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीले यही विषय उठाउँदै आएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उनीमाथि करिब चार करोड २० लाख मलेसियाली रिंगीट (एक करोड तीन लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएको थियो, तर उनले यसलाई अस्वीकार गर्नुभएको छ । आरोप प्रमाणित भएमा उनले १५ वर्ष जेल बस्नुपर्नेछ ।

    उहाँ सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा उहाँमाथि लागेका छन् । उनलाई गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो ।

    पूर्वप्रधानमन्त्री रजाक ६५ वर्षका छन् । गत महिना पक्राउ परेका उनी धरौटीमा छुटेका हुन् ।

    मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्री रहँदा उनले नै स्थापना गरेकोे ‘एक एमडिबी’ नामको आयोजनामार्फत उनले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ ।

    बुधबार अदालतमा उपस्थित हुनुभएका पूर्वप्रधानमन्त्री रजाकलाई उनीमाथि लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो ।

    बुधबारै उनको मुद्दा अर्काे अदालतमा सारिएको छ । उनको मुद्दाको बारेमा आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ ।

    उनी अदालतबाट निस्किएपछि उनको दलका समर्थकले नजिब रजाक अमर रहुन् भनेर नाराबाजी गरेका थिए । उनीहरुले रजाकलाई राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको बताएका थिए ।

    ४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad