BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    छिटो-छिटो बिरामी पर्नुहुन्छ ! अपनाउनोस् यी उपाय !

    संसार न्यूज संवाददातासाउन २४, २०७५

    केही मानिसहरु छिटो–छिटो बिमारी पर्छन् । यस्ता मानिसहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ।
    रोगप्रतिरोध क्षमता कम हुने मानिसलाई भाइरस र ब्याक्टेरियाले छिटो आक्रमण गर्ने हुनाले यस्ता व्यक्तिलाई सधै बिरामी बनाइ राख्दछ ।

    वातावरण तथा मानिसको शरीरमा यस्तो किटाणुले सधै असर गरिरहेका हुन्छन् यस्तो असरबाट बचाउन हाम्रो शरीरको प्रतिरोधक क्षमताले त्यसको रक्षा गर्दछ ।

    हाम्रो शरीरको इम्युन सिस्टम यसरी नै विकास भएको छ की हानिकार र खराब व्याक्टेरियालाई नास गर्दै शरीरको लागि जरुरी ब्याक्टेरियालाई हानि नपु¥यावोस् भन्नका लागि ।

    यसरी बढाउनुहोस् इम्युनिटी पावर
    -कम सुत्नु पनि प्रतिरोधक क्षमतामा ह्रास आउनु हो । त्यसकारण प्रयाप्त सुत्नु जरुरी छ ।
    -तनावका कारण पनि प्रतिरोधक क्षमता घट्ने हुनाले तनाव कम गर्न योग तथा व्यायाम गर्नुहोस् ।
    -चुरोट लगायतका सुर्तीजन्य पदार्थको सेवन नगर्नुहोस् ।
    -फलफूल तथा हरियो तरकारी भरपुरमात्रामा खानुहोस् ।
    -दिनमा केही समय घाममा बिताउनुहोस् ।

    लसुन-लसुनले प्रतिरोधक क्षमता बढाउने हुनाले भरपुर मात्रामा लसुनको प्रयोग गर्नुहोस् । यसले शरीरमा इम्युन सिस्टम बढाएर रोग सँग लड्न शक्ति दिन्छ । यसले लसुनले पेटको अल्सर तथा क्यान्सरबाट बचाउँछ । दिनहु दुई केस्रा लसुनको सेवनले ब्लप्रेसर घटाउन पनि मदत गर्दछ ।

    पालक-प्रतिरोधक क्षमता बढाउनका लागि पालकको सेवन पनि महत्वपूर्ण हुन्छ । पौष्टिक तत्वले भरिपूर्ण पालकलाई ‘सुपर फुड’ का रुपमा पनि लिइन्छ । यसमा फ्लोट नामक तत्व पाइन्छ । उमालेर खाएको पालकले पाचनतन्त्रले सहि ढंगले कामगर्ने र कब्जियतको समस्या पनि हटाउछ ।

    मसरुम-शरीरको रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउनका लागि परापुर्वकालदेखि मसुरुमको सेवन अति फाइदाजनक मानिदै आएको छ । मसरुमको सेवनले सेतो रक्त कोशिकालाइ सक्रिय गराउन सहायक हुन्छ । यसमा सेलेनियम नामक मिनरल, एन्टीअक्सिडेन्ट तत्व भिटामीन बि, रिबोफ्लैविन, र नाइसिन नामक तत्व पाइन्छ । दिनमा ३० ग्राम मसरुम खादा यसले इम्युन सिस्टम बढाउन धेरै मद्दत गर्दछ ।

    रुघा खोकी, टाउको दुख्ने, ज्वरो आउने, छालाको समस्यालाई नर्मल रुपमा नलिनुहोस् । यस्ता समस्या देखिनासाथ उपचार गराइहाल्नुुस् ।

    १४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad