BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    ख्याल गर्नुहोस्, हातखुट्टा सुनिनु गम्भीर समस्या हुन सक्छ

    संसार न्यूज संवाददातासाउन २४, २०७५

    आजभोली व्यस्तताका कारण धेरै मानिसले आफ्नो शरीरका लागि धेरै समय दिन सकिरहेको हुँदैनन् । त्यसकारण उसलाई कतिखेर कस्तो गम्भीर रोगले समाउछ भनेर कसैले पनि जानेको हुँदैन । डाक्टरहरु पनि भन्छन्– कुनैपनि संकेत विना मानिसहरुमा गम्भीर रोगको लक्षण एक्कासी देखिन्छ । यस्ता रोगबाट बच्नका लागि सरल उपाय आफ्नो खानपानमा सजगता अपनाउनुका साथै व्यायाम जरुरी रहेको स्वस्थयविज्ञ बताउँछन् ।

    धेरै मानिसहरुमा बस्दा बस्दै हात खुट्टा सुनिने समस्या देखिन्छ । यतिमात्र नभएर हात र खुट्टा भमझमाउने, पोल्ने, दुख्ने तथा कमजोरी महसुस हुन्छ । यो धेरै नर्मल समस्या हो र प्राय सबैले यस्तो समस्याको महसुस गर्ने गर्छन् ।

    हाम्रो हातखुट्टाको वजन धेरै हुन्छ । हामी भिडभाड तथा लामो यात्रामा हिड्दा खुट्टा सुन्निएको महसुस गर्छौ । कहिलेकाँही यस्तो हुनु ठूलो कुरो होइन । तर, जसमा यस्तो समस्या अलि बढी भइरहन्छ त्यस्ता व्यक्तिले साबधान अपनाउन जरुरी छ ।

    यस्तो समस्या हुनु भनेको हात खुट्टामा बढी दबाब पर्नु, नर्वमा चोट लाग्नु, चिसो खानेकुरा ज्यादा खानु, मादक पदार्थ तथा धुम्रपान गर्नु, डायविटिज, थकाइ लाग्नु, भिटामीन बी या म्याग्नेशियम जस्ता पौष्टिक तत्वको कमी हुनाले पनि यस्ता समस्या देखिन्छन् । साथै यस्तो समस्या देखिनु कुनै गम्भीर समस्या पनि हुन सक्छ ।

    सुन्निने समस्यामा यसरी गर्न सकिन्छ घरेलु उपचार
    – हात या खुट्टा सुन्निनबाट बचाउनका लागि एउटा सफा कपडा तातो पानीमा भिजाएर ५ देखि ७ मिनेटसम्म सुन्निएको ठाउमा सेक्न सकिन्छ ।

    -जैतुन, नरिवल या तोरीको तेल लगायर मसाज गर्नुहोस् यसले पनि धेरै आराम दिन्छ । यस्ता तेलले मालिस गर्दा ब्लड सर्कुलेसनमा सहयोग गर्दछ ।

    – नियमित रुपमा एक्सरसाइज गरेर हात खुट्टा सुनिन्नबाट रोक्न सकिन्छ । एक्सरसाइजले अन्य समस्या पनि कमगर्न सहयोग गर्दछ ।

    – बेसार पानी मिसिएको पेस्ट बनाएर प्रभावित अंगमा मसाज गर्नाले पनि सुन्निने समस्या कम हुन्छ ।

    – एक गीलास मनतातो पानीमा एक चम्चा दालचिनीको पाउडर मिसाएर नियमित रुपमा पिउनुका तथा एक चम्चा दालचीनी पाउडरमा थोरै मह मिसाएर एक हप्तासम्म सेवन गर्दा पनि यसले पनि धेरै राहत दिन्छ ।

    यति गर्दा पनि राहत आएन भने चिकित्सकको सल्लाह लिइहाल्नु होला । यो गम्भीर रोगको लक्षण पनि हुनसक्छन् ।

    १९७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad