BizPati

  • Ad
  • आज : २०७५ मंसिर १ गते
    Headlines :

    तिमी र म

    गोविन्द लुइँटेलः सिन्सिनाटी ओहायो अमेरिकासाउन २६, २०७५
     

    बिहान घाम झुल्किदा तिमी कोल्टे परेर सुत्छौ
    म थकाइलाग्दो काम सुरू गर्छु
    तिम्रो रात मेरो दिन
    मेरो रात तिम्रो दिन
    कसरी भेट हुन्छ अनि ?
    कसरी बात हुन्छ अनि ?
    फोनको लामो कन्ट्याक लिस्ट बिना
    फेस बुकको खेतमा बाहेक
    हेराहेर र बोलचाल छैन
    तिमी पनि बेसुरमै भत्भताउँछौ
    म पनि बेकाम्मै फत्फताउँछु
    सपनामा पनि बिपनामा नि
    जीवनचार्या तिम्रो व्यस्त छ
    मेरो झनै शून्य मस्त छ
    म गीतमा भए
    तिमी सङ्गीतमा
    तिमी नृत्यमा भए
    म निर्देशनमा
    म पूजाआज भेलामा भए
    तिमी डिस्को पार्टीमा
    मेरो सोच तिम्रो सिर्जना
    तिम्रो चाहना मेरो कामना
    तिमीले आरिस् गर्दा
    म आँखा बेसरी तर्छु
    म भाग्यमा विश्वास गर्छु
    तिमी फगत धर्ममा विश्वास गर्छौ
    त्यसैले जताबाट हेरे पनि
    जति रूप रङ्ग फेरे पनि
    तिमी र म उस्तै उस्तै हौं
    तिमी र म उस्तै उस्तै
    हो उस्तै उस्तै,
    बस !

    इति

    ५५६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad