BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

सर्लाही प्रवासी सेवा समाज कतारको नबौ अधिबेशन सम्पन्न

गणेश बन्जाडे, कतार साउन २७, २०७५

कतार । सर्लाही प्रवासी सेवा समाजको नवौ अधिवेशन १० अगस्तका दिन भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम दोहाको नज्मास्थित अल नख्यान रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष पेम्बा घलानको सभापतित्व कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक मो.हुसेन खान थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मो.हुसेन खानले सर्लाही जिल्ला एउटा नमुनाको रुपमा नेपालमा पहिचान बनाएको बताउँदै कतारबाट पनि सर्लाही प्रबासी सेवा समाजले नेपालमा भैपरी आउने समस्या , बाढिपहिरो, आगालागी, शिक्षा ,स्वास्थ्य लगायत विभिन्न सहयोग गर्दै आएको बताए । उनले कतारमा समाज सेवामा साथ दिने सम्पूर्ण सामाजिक संघ सस्थालाई हार्दिक धन्यवाद दिएका थिए ।


कार्यक्रममा प्रदेश न १ को सम्पूर्ण जिल्लाको प्रतिनिधित्व गर्दै नियम भुजेल (मोरङ्ग सुनसरी सेवा समाज) ,प्रदेश न ३ नन्द ढुंगाना (काभ्रे सेवा समाज) प्रदेश न ४ रामजि खत्री (गोरखा सेवा समाज) प्रदेश न ५ टेक राज थापा (अर्घाखाँची सेवा समाज) एनआरएनए एनसिसि कतारका अध्यक्ष नविन पोखरेल, पत्रकार महासंघ कतार शाखा निवर्तमान अध्यक्ष गणेश प्रसाद बन्जाडे, समाजसेबि, कान्र्ती सिंह, अन्तर्राष्ट्रिय मुस्लिम समाज,कतारका अध्यक्ष मो. मुकतदा मुसलमान, नेपाली प्रवासी मंच कतारका अध्यक्ष चानक पोखरेल, जनसम्पर्क समिति कतारका कार्यवाहक महामन्त्री केदार नाथ भुसाल, कतार नेपाली एकता समाजका केन्द्रिय कोषध्यक्ष धन बहादुर परियार, जनप्रगतिशिल मंच, कतारका संयोजक रकम ध्वज राई, समाजसेबि सुदर्शन भट्ट, एनआरएन आइसिसि सदस्य बिमल सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ कतारका द्दितीय उपाध्यक्ष पुरुषोत्तम सुनुवार कार्यक्रमको शुभकामना मन्तव्य राखेका थिए ।


सो अवसरमा राम इन्दल थिङ्गले कार्यप्रतिवेदन प्रस्तुति गर्दै उक्त कार्यक्रममा समाजले विभिन्न समयमा एचआईभी संक्रमित बालबालिका शिक्षाको लागी बेबी लाइफ होममा आर्थिक सहयोग, कतारमा अलपत्र जिल्लाबासी भाग्य नारायण र हरी दासलाई स्वदेश फिर्ताको लागी हवाई टिकट, क्यानसर पिडित कान्छीमाया तामाङ्गलाई आर्थिक सहयोग, जिल्ला बासी बाढिपिडित ४० घर परिवारलाई भाडाकुडा, सर्पदश हस्पिटल निमार्ण लागि आर्थिक सहयोग ब्लड क्यान्सर लालमाया ब्लोनलाई आर्थिक सहयोग गरेको बताएका थिए ।

उक्त कार्यक्रममा बिभिन्न विधामा सहयोग गर्ने संस्थाका एक दर्जनौं भन्दा बढीलाई खादा ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । कलाकार सुष्मा लामा ‘डाफे झैँ नाच्ने हिमाल झैँ हास्ने’, अन्जान लामा ‘माछिले खाने खोलिको ल्यु’ तथा अन्य कलाकारले पनि आफ्नो सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।

राम ईन्दल थिङ्गको संयोजक सदस्य हुसेन खान र श्यामलाल चौधारी रहेको विर्वाचन टोलीले पेम्वा घलानको अध्यक्षतामा निर्बिरोध १९ कार्यसमिति गठन गरेको छ । जस्मा १५ पुर्ण १ वैकल्पिक १ संरक्षक १ प्रमुख सल्लाहकार २ सल्लाहकार गरी १९ जनाको कार्यसमिति चयन गरिएको छ ।

प्रथम उपाध्यक्ष कुमार न्यौपाने, द्वितीय उपाध्यक्ष बुद्धि श्रेष्ठ, महासचिव सुजन बराल ,सचिव पुर्ण ब. महत, कोषध्यक्ष भिम बम्जन, सदस्यहरुमा भेष बहादुर घिसिङ्ग, ज्ञान बहादुर बम्जन, निर्मल घिसिङ्ग, पदम बहादुर बल, धन बहादुर मोक्तान, देबेन्द्र पाख्रिन, शंकर कार्की, बैकल्पीक सदस्य ओक बहादुर भुजेल रहेका छन् ।
त्यस्तै समाजको संरक्षकमा राम ईन्दल थिङ्ग , प्रमुख सल्लाकार श्याम लाल चौधरी र सल्लाहकारहरुमा होम बहादुर स्याङबो, हरि लाल महतो रहेका छन् ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमका सभाअध्यक्षले कार्यक्रम समापन गरेका थिए । औपचारिक कार्यक्रम संचालक सुजन बरालले गरेका थिए ।

२६३ पटक
प्रतिकृया दिनुहोस्