BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गणेश घिमीरेद्धारा अनेसासको महासचिवमा उम्मेदवारी

    संसार न्यूज संवाददातासाउन २८, २०७५

    अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय महासचिवका लागि अष्ट्रेलियामा रहेका गणेश घिमीरेले उम्मेदवारी दिएका छन् ।

    घिमीरेले एक वक्तव्य जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

    अनेसासलाई अझ व्यवस्थित र संस्थाको उद्देश्य बमोजिमको प्रभावकारी संस्थाको रुपमा विकास गर्न आफ्नै सम्पर्क कार्यालय, च्याप्टर–च्याप्टर बिच तथा केन्द्र र च्याप्टर बिचको बलियो सम्बन्ध राख्न संस्थाको बिस्तार, प्रकाशन र वितरण, अनुवाद, नीतिगत पक्षमा देखिएका समस्या समाधान गर्न विधान संशोधन, पुरस्कारको व्यवस्थापन लगायतको क्षेत्रमा भावी अध्यक्ष र कार्य समिति, ट्रष्टी तथा आजीवन सदस्य र अन्य संघ संस्थाहरु हातेमालो गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा आफ्नो प्रयास रहने उनले वक्तव्यमार्फत बताएका छन् ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ

    ‘आदरणीय केन्द्रीय कमिटी, ट्रस्टी, च्याप्टर तथा आजीवन सदस्य ज्यूहरु !

    हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको नयाँ कार्यसमिति (२०१८–२०२०) छनोटको संघारमै आइपुगेका छौँ । यो चुनावले अनेसासको भावी कार्यदिशा निर्धारण गर्ने छ । यसले नेपाली साहित्य कला र संस्कृतिको छुट्टै विशिष्ट उचाईमा हासिल गराउनेछ र गराउदै पनि आएको कुरा अवगत नै छ यहाँहरूलाई । हदै सक्रिय यस साहित्यिक संस्था अनेसास प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्ने सबैभन्दा ठुलो संस्था पनि हो । विभिन्न च्याप्टर, ट्रस्टी तथा आजीवन सदस्य लगायत संसारभर छरिएर बनेको अनेसासको केन्द्रीय कार्यसमिति चयनको आफ्नै प्रजातान्त्रिक प्रक्रिया छ । यो सर्वमान्य प्रक्रियामा सुझबुझका साथ सहभागी भई योग्य र सक्षम कार्य समिति चयन गर्नुहुन तपाईहरू सबैमा हार्दिक अनुरोध गर्दछु ।

    अनेसासका आफ्नै मूल्य मान्यता छन् । यसको एउटा गर्विलो इतिहास छ । त्यसैले पनि दिनप्रतिदिन झन फैलिदै छ । यो संसारभरकै सिंगो साहित्यिक छाता संगठन पनि हो । सबैलाई ओत दिन सकेको छ । यहाँ सर्बसम्मतका कुराहरु आएका छन् । मेरो पनि यसमा प्रत्यक्ष सहभागिता र जोड थियो । यो निकै सह्रानीय प्रयास र नमुनायुक्त काम पनि हो तर सर्बसम्मत कसरी र कुन संरचनामा ? कसका लागि ? व्यक्तिगत फाइदा कि संस्थाको बृहत्तर लागि ? यो संस्थामा गफ गर्ने, गाली गलौज गर्ने भन्दा पनि काम गर्ने साहित्यिक जमात बढी छ । एउटा साहित्यिक संस्था जहाँ हजार भन्दा बढी स्वयंसेवक सदस्यहरु छन् र संसारको कुना कुनामा बिना व्यक्तिगत स्वार्थ २७ बर्षे अनेसासको गर्विलो बिरासत मर्न नदिन हमेसा लागि परेका छन् । त्यसैले सहमतिले ती सबै सदस्य र च्याप्टरहरुको प्रतिनिधित्व गर्नु पर्छ, होइन भने खराब प्रवृतिका लागि सहमति हुनुहुदैन भन्ने मेरो मान्यता हो ।

    काम गर्ने मान्छेले गल्ती गर्छ, हिड्ने मान्छे लड्छ । यो नौलो कुरा होइन । बर्तमान कार्य समितिले सय प्रतिशत ठिक गरेको छ, कमजोरी छदै छैन भन्ने होइन । राम्रो कामलाई राम्रो भन्न हिम्मत नगर्ने तर नकारात्मक आलाप मात्र गाएर गोयबल्स नीतिको खेती गर्ने प्रवृतिको बिरुद्दमा हो मेरो उम्मेदवारी । अनेसासको वर्तमान कार्य समितिले गर्दा गर्दै सम्पन्न गर्न नसकेका कामहरु धेरै छन् तर अहिलेसम्म गरेका राम्रा कामहरुलाई हिलो छ्याप्ने प्रयास कदापी स्वीकार्य हुदैन । सिन्डिकेट भनेको के हो, आफूले पद पाउदैमा सिन्डिकेट सकियो ?

    अनेसास पर्थ च्याप्टरको संस्थापक अध्यक्ष हुदै गर्दा स्थापनाको छोटो समयमा नै मेरो कार्य समिति तथा केन्द्र र सबैको सहयोगले पाँचौ विश्व सम्मेलन भव्यताका साथ सम्पन्न भयो । वर्तमान केन्द्रीय कार्यसमितिको सचिवको हैसियतले विभिन्न रुपमा अनेसासको संस्थागत विकास र बिस्तारमा लागि रहे । केन्द्रका अध्यक्ष तथा कार्यसमितिको सहयोगमा विभिन्न च्याप्टरको स्थापना र निस्क्रिय च्याप्टरलाई व्युताउने काम गरेको छु । अब अनेसासलाई अझ व्यवस्थित र संस्थाको उद्देश्य बमोजिमको प्रभावकारी संस्थाको रुपमा विकास गर्न आफ्नै सम्पर्क कार्यालय, च्याप्टर च्याप्टर बिच तथा केन्द्र र च्याप्टर बिचको बलियो सम्बन्ध, संस्थाको बिस्तार, प्रकाशन र वितरण, अनुवाद, नीतिगत पक्षमा देखिएका समस्या समाधान गर्न विधान संशोधन, पुरस्कारको व्यवस्थापन लगायतको क्षेत्रमा भावी अध्यक्ष र कार्य समिति, ट्रष्टी तथा आजीवन सदस्य र अन्य संघ संस्थाहरु हातेमालो गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतियो विकासमा मेरो प्रयास रहने छ ।

    म इमान्दारिता, नैतिकता तथा अनेसासको संस्थागत विकास पक्षपाती हुँ । बोलीको भन्दा कामको विश्वास गर्छु । लाग्छ कर्मवादीलाई ईश्वरले प्रेम गर्छ ! तपाइको एक–एक मतको अवमूल्यन हुन दिने छैन म मेरो यो पहिलो आत्मै देखि को शर्त हो । मेरो इतिहास हेर्दिनुहोस् । मलाई अनेसास केन्द्रीय कार्य समिति (२०१८–२०२०) का महासचिव पदमा काम गर्ने अवसर प्रदान गर्न मात्र तपाई आजीवन सदस्यहरुले सक्नु हुने छ । विश्वास छ तपाईको साथ नै मेरो उत्साह उर्जा र नैतिकताको कसी हुनेछ ! विजयको सूचक हुनेछ ।’
    धन्यवाद
    गणेश घिमिरे
    महासचिव (उम्मेदवार)
    अनेसास केन्द्रीय कार्य समिति
    (२०१८–२०२०)

    Email-gkghimire@gmali.com

    फोन : ६१४११३२९२६१

    २९६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad