BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    टोकियोमा नेपाली बिज्ञहरुको छलफल सम्पन्न

    नरेन्द्र बस्नेत (दिनेश), जापानसाउन २९, २०७५

     

    नेपाल जापान डाईलग सिरिज नामक बौद्धिक छलफल सहितको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

    जापानको टोकियोमा यही अगष्ट ११ तारिखमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आथित्यता रहेको थियो भने नेपालबाट जापानमा आइ अध्ययन, अध्यापन, अनुसन्धान तथा विभिन्न बिषयमा बिज्ञता हााँसिल गरि जापानलाई कर्मथलो बनाएका ७० जना नेपालीहरु बुद्धिजीवीहरुको साथमा केहि जापानीहरुको पनि उपस्थिति रहेको थियो ।

    दुई सत्रमा बिभाजन गरेर संचालन गरिएको उक्त कार्यक्रमको पहिलो सत्रमा एहिमे बिश्वविद्यालयका सह–प्राध्यापक डा. नेत्र प्रकाश भण्डारीले नेपालको बर्तमान बिकासको मोडल यसमा रहेको कमीकमजोरी र चुनौतीहरुलाई तथ्याांङक सहित विश्लेषण गरेका थिए भने दोश्रो सत्रमा सिटिनेटका निर्देशक केन्द्र बरुवाले नेपालमा नीतिगत तथा कार्यान्वयन पद्दतिमा रहेका कमि कमजोरीहरुलाइ औल्याएका थिए ।
    त्यसैगरी बिज्ञ बक्ताको रुपमा स्वीडेन रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक डा.दिलिप खतिवडाले नेपालको कृषि क्षेत्रको आधुनिकीकरणको लागि कृषकलाइ कसरी उत्प्रेरित गराउने भन्ने सम्बन्धमा लाभांश वितरणको ब्राजिलियन मोडल प्रस्तुत गरेका थिए ।


    त्यसैगरी टोक्यो सिटि युनिभर्सिटीका प्राध्यापक डा.होम रिजालले सहरी दिगो वातवरणीय सुधारको बिषयमा आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

    बिज्ञ बक्ताकै रुपमा नेपाल सरकारका सहसचिब हाल जापानको मेइजि बिश्वबिद्यालयमा अध्ययनरत गोकर्ण मणि दुवाडी, चुकुवा बिश्वबिद्यालयका सहायक प्राध्यापक डा.जित सापकोटा कमनवेल्थ इञ्जिनियरिङ्ग कम्पनीका चिफ इन्जिनियर डा.झबिन्द्र घिमिरे, टोकियो बिश्वबिद्यालयका सह–प्राध्यापक डा.भुवनेश्वर शाह, सूचना प्रबिधि बिज्ञ चण्डी सुबेदी, नेपाल सरकारका उपसचिव लक्ष्मी घिमिरे, भुकम्प प्रबिधि राष्ट्रिय समाजका अध्यक्ष गणेश जिमी लगायतले आफ्ना धारणा राखेका थिए ।


    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत राणाले जापानमा रहने बिज्ञ नेपाली समुदायहरु संगको भेटले आफु अत्यन्तै हर्षित भएको र नेपाली दूताबासले सधै यस्ता खालको कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने बताएकी थिइन् ।

    बिशेष अतिथिको रुपमा गैह्रआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संसारकै उत्कृष्ट प्रबिधि भएको देश जापानबाट नेपाल र नेपालीले धेरै कुराहरु सिक्ने र अबलम्बन गर्ने अबसरको रुपमा लिनु पर्ने बताएका थिए । त्यस्तै उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले अन्य यी र यस्तै बिबिध खालका थिमेटिक एरियामा छलफल हुनुपर्ने र यस्ता खालको कार्यक्रमहरुले निरन्तरता पाउदै जाओस् भन्दै सुभकामना व्यक्त गरेका थिए ।

    टोक्योको इचिगाया स्थित जाइका ग्लोबल सेन्टरको हलमा सम्पन्न उक्त कार्यक्रमलाइ अर्थ मन्त्रालयका उपसचिव, हाल टोकियो बिश्वबिद्यालयमा अध्यनरत गगन बि .के ले संचालन तथा सहजीकरण गरेका थिए भने क्योदाई रेमिटान्सले कार्यक्रमको प्रायोजन सहयोग गरेको थियो, जसलाई नेपाली दुताबासले सुरुवातीका दिनदेखी हौसलाको साथमा सहयोग गर्दै आएको बताइएको छ ।

    ४५५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad