BizPati

  • Ad
  • आज : २०७५ मंसिर १ गते
    Headlines :

    नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

    संसार न्यूज संवाददातासाउन २९, २०७५

    २९ साउन, ललितपुर । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए ।

    जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उनले बताए । बिहान ग्वार्को, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो । दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे । जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो । उनले भने “सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।” निजी सवारी साधन चलेको र र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण विद्यालय भने बन्द रहे ।

    ९६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad