BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    गजल ८१

    कविराज भट्ट विलाैनाः कञ्चनपुर नेपालसाउन ३०, २०७५

    गर्छ जो जिन्दगीको कुरो
    हेर ऊ नै छ झन् न्याउरो

    कागलाई भन्यो गीत गा
    क्या गजबको छ लौ फ्याउरो

    गर्छ पाण्डित्यका जो कुरा
    जालमा बस्छ त्यै माकुरो

    घोलमै छन् बचेराहरू
    भुर्र उड्दै छ त्यो भ्याकुरो

    हातले सुम्सुम्याए उता
    चाट्न थाल्यो यता पाखुरो

    इति

    ४६३ पटक
    प्रतिकृया दिनुहोस्