BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    अामा हृदय

    मदन पोखरेल, न्यु ह्याम्पसायर अमेरिकासाउन ३१, २०७५

    हे मेरी छोरी हे मेरी नानी म आमा बोल्दै छु
    दुख्दै छ छाती म छैन जाती बेदना खोल्दै छु
    मनको व्यथा सुनाउँ कहाँ ए छोरी कहाँ छौ ?
    छोडेर गयौ आमाको काख सम्झन्छु जाति छौ

    दशक दुर्इ नाघेर गयो सिमाना तरेको
    सुनेकी थिएँ बगरमाझ बिजोग भएको
    म रोएँ कति खेति नि रोयो सुन्सान जङ्गल
    व्वबस्था यहाँ अहिलेसम्म भएन मङ्गल

    नबिर्से छोरी आमाको माया प्रदेशी भए नि
    आउँछौ भन्छु फर्केर चाँडै लिएर निसानी
    हुन त मैले के दिन सकुँ आमाको माया छ
    मिलेर बस्नु सुखमा तिमी आषिक धेरै छ

    तीजको बेला सुन्कोसी रून्छे सङ्गिनी सम्झेर
    कसरी मन बुझाउँ प्यारी नब्बे साल सम्झेर ?
    देखेको सम्झे भक्कानो फुट्छ जनता मारेको
    सम्झिन्छु चेली कुमारी मर्म लुट्पिट पारेको

    यो सानो धरा जन्मयौ यहीँ यो देश चिनायौ
    गर्व छ छोरी जन्मको देश स्वर्गझैं बनायौ
    जे कर्म गर्नु गर्वले गर्नु जितेर हाँस्नु है
    आमाको माया आषिश सधैं सार्थक बाँच्नु है

    इति

    ३४३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad