BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    संसार न्यूज संवाददाता (रासस/एएनआई) साउन ३१, २०७५


    ३१ साउन, नयाँ दिल्ली, भारत । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । उनी ९३ बर्षका थिए ।
    अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उहाँलाई बचाउन सम्भव भएन ।
    एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, “उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उहाँको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।”
    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजी को निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गरेका छन् ।
    भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।
    उनको एम्समा उपचार भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।
    मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।
    ओडिसाका मुख्य मन्त्री नविन पटनायकले बाजपेयीसँगसँगै काम गरेका क्षणहरुको सम्झना आएर आफु भावुक भएको बताए ।
    “मैले उहाँलाई सधैँ एउटा महान नेता मानेको छु । उहाँसँग काम गर्दा मैले कहिले पनि नराम्रो अनुभव महशुस गर्न पाइन,” पटनायकले भनेका छन्।
    पटनायकको बीजु जनता दल सन् १९९८ देखि २००४ सम्म बाजपेयी नेतृत्वको राष्ट्रिय गठबन्धन सरकारको साझेदार थियो ।

    १२१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad