BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ४ गते
    Headlines :
    Ad

    कार्यदल गठनको एनआरएनएद्वारा स्वागत

    संसार न्यूज संवाददातासाउन ३१, २०७५

    एनआरएनए आइसीसी मेडिया तथा पब्लिकेशन समिति गठन

    ३१ साउन, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने निर्णयको स्वागत गरेको छ । एनआरएनएले प्रेस विज्ञप्ती जारी गर्दै संघले वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न अनवरत रुपमा क्रियाशिल रहेको स्मरण गराउँदै कार्यदल गठन गर्ने सरकारको निर्णयको स्वागत गरेको हो । संघले पटक पटक गरेको पहल अनुरुप आएको मन्त्रालयको यस कार्यदल गठन गर्ने निर्णयबाट निकै उत्साह मिलेको बताएको छ । विज्ञप्तीमा भनिएको छ – ‘गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि अनवरत रुपमा लागि रहेको छ ।’

    संघले यसबारे गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गते समझदारी पत्रमा हस्ताक्षर भएको समेत उल्लेख गरेको छ । सो समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई आवश्यक काम कारवाही भइरहेको जनाइएको छ ।

    प्रेस विज्ञप्ती

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगार सञ्चय कोष गठनका लागि कार्यदल गठन गर्ने महत्वपूर्ण कदमको गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ । यसका निम्ति माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको सकारात्मक भूमिका प्रति संघ हार्दिक आभार प्रकट गर्दछ ।

    गैरआवसीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका कामदारको हक हितका लागि वैदेशिक रोजगार सञ्चय कोष स्थापना गर्न केही वर्षदेखि अनवरत रुपमा लागि रहेको छ ।

    रआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा २०७३ साल आषाढ १० गतेसमझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

    सो समझदारी पत्रमा भएका शर्त तथा अवस्थाहरुलाई अक्षरस पालन गर्न विगत दुई कार्यकालमा कार्यदल गठन भई
    आवश्यक कामकारवाही भइरहेको छ ।

    साथै गैरआवासीय नेपाली संघको पहलमा कर्मचारी सञ्चय कोष, वैदेशिक रोजगार सञ्चय कोष सञ्चालन नियमावली, २०७३ को मस्यौदा तयारगरिएको थियो । गैरआवासीय नेपाली संघले पटक पटक गरेको पहल अनुरुप आएको मन्त्रालयको यस कार्यदल गठन गर्ने निर्णयबाट निकै उत्साह मिलेको छ ।
    हजारे अभियानको नाममा गैरआवासीय नेपाली संघले प्रस्ताव गरेको अभियानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तदारुकताका साथ निकट भविष्यमाकार्यन्वयनमा ल्याउने अपेक्षा हामीले गरेका छौ । यस कदमले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको प्रत्याभूती गर्नुका साथै कामदारहरुकोबचतको बानी बसाल्नेछ । यस कोषमा गरिएको बचत मार्फत कामदारले भविष्यमा कुनै पनि प्रकारको आर्थिक संकटको सामना गर्नुपर्ने छैन र साथै देशले पनि यसबाट संकलितरकमलाई जलविद्युत, कृषि लगायतका अन्य विकासका क्षेत्रमा लगानी गर्न सक्दछ ।

    विदेशी नियोग मार्फत विदेशमा पुनः श्रमस्वीकृति कार्यान्वयनमा लाने, श्रम सीप बैंक स्थापना गर्ने, विदेश स्थित नियोगबाट मागपत्रको अनुगमन गर्ने र अनलाइन प्रणाली मार्फत विभिन्न निकायहरुलाई जोडी कामदार र सरकारी निकाय बीच समन्वय गराउने तर्फ सकारात्मक पहल भएकोमा संघ सरकार प्रति हार्दिक आभार प्रकट गर्दछ ।

    छोटो समयमा नै वैदेशिक रोजगारको क्षेत्रको सुधारका लागि नेपाल सरकारबाट पछिल्लो समयमा भएका विभिन्न महत्वपूर्ण निर्णयले विदेशमा रहेका नेपाली कामदारहरुलाईनिकै उत्साह मिलेको छ । गैरआवसीय नेपाली संघ यसप्रकारको महत्वपूर्ण कदमहरुको सधैं स्वागत गर्दछ र आवश्यक क्षेत्रहरुमा सहयोग र सहकार्यका लागि प्रतिवद्धता प्रकट गर्दछ ।

    भूषण घिमिरे

    प्रवक्ता,

    गैरआवासीय नेपाली संघ

    अन्तराष्ट्रिय समन्वय परिषद ।

    १६ अगष्ट २०१८ ।

    ६८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad