BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    छोरी र म

    मुक्ति गौतमः रुकुम, नेपाल हालः क्यानडाभाद्र १, २०७५

    तिमीलाई हेरेर म
    तिमीभित्र
    आफ्नो उचाइ, आयतन र गहिराइ नाप्छु
    तिमी आफू जस्तै लाग्छ मलाई,
    धीत मरिन्जेल हेर्छु
    तिम्रो चाल, तिम्रा आँखाहरू,
    नथाकेर एकोहोरो
    आँखाहरूलाई बिसाउँछु तिमीमा ।

    तिमी भुइँमा घिस्रिँदा
    या
    बामे सर्दा,
    तिम्रा साना लर्बराउने
    खुट्टाहरू चलाउँदा
    या
    ठूलो भएर
    म सङ्गै प्रतिस्पर्धा गर्दा
    तिमीसँगै चल्ने बानी परेछ मेरो
    तिमी लड्दा – म पछारिन्छु,
    उठेर, हातमाथि उठाउँदा तिमीले
    खुशी र गर्वले शLर उठ्छ मेरो ।

    साना हातहरूले
    बिस्तारै छाम्दा यता उता
    कतिचोटि अलमलिएँ म
    कोर्दा भित्ताहरूमा रङ्गिएँ
    कतिचोटि कुरूप पोतिएँ म
    तिम्रा हातहरूसँग खेल्न
    या
    पोतिन तिम्रा रङ्गहरूमा
    प्रिय लाग्छ मलाई ।

    आँखाहरूसँग
    कतिचोटि रनभुल्ल परेँ
    आँसुहरूसँग झरेँ
    तिम्रो मुस्कानसँग म उज्यालिएँ
    तिमी उठ्दा म दौडिएँ

    दौडिँदा म उडेँ ।

    कहाँ मिल्छ र दुनियाँमा कोही उस्तै ?
    तर तिमी र म उस्तै लाग्छ मलाई
    तिम्रो रूप
    तिम्रो चाल
    तिम्रा सपना
    तिम्रा रहर

    तिम्रा खुशीहरू
    सबै मेरा आफ्नै लाग्छन् मलाई ।

    मेरी प्यारी छोरी !
    तिम्रा हरेक चालहरूले
    जीवन थप्छन् ममाथि
    खै के जादु छ तिमीमा
    कि तिमी तान्छाै आफूतिर मलाई

    भरिरहन्छाै मेरो सानो संसारमा
    माया, विश्वास

    सुन्दर सपनाहरू ।

    इति

    ३०५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad