BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    एकाकार

    रश्मी भट्टः न्युयोर्क,अमेरीका भाद्र २, २०७५

    वर्षा ऋृतु नै हो तर पनि एक हप्ता भइसक्यो, घाम नलागेर आकाश धुम्मिएको धुम्मिएकै छ, वर्षा हुन पनि सकेको छैन । जताहेरे पनि बादल मात्र देखिन्छ । दिन एकदमै घुर्मैलो छ। बादल पनि कालो र अत्यन्त चर्को भएर नमडारिएसम्म पानी पार्न नसक्ने रहेछ। यसो हुँदा न त आकाश सफा देखिने, न त घाम देख्न पाउने, न त वर्षाका धारहरूले नुहाउन नै पाउने। ठ्याककै अहिलेको म जस्तै पो भएको छ त यो बादलरूपी आकाश, पनि । न त रूँदै चिच्याउॅदै र कराउॅदै हिंड्न सक्छ ,न त सबै मैलोहरू मिल्काएर हॉस्न सक्छ।आकाश त छिटै सफा हुन सक्ला तर मेरो मन ? कहिल्यै घाम र हावा नछिर्ने यो सॉघुरो कोठामा बसेको पनि थुप्रै थुप्रै वर्ष भइसक्यो। बाहिर दिन कस्तो छ भनेर हेर्न ढोका उघारेर सडकमै नगइ पॉच प्रतिशत पनि अनुमान लगाउन सकिंदैन । मन बलियो नहुने मानिस सायदै बस्ला यो दिउॅसै रात पर्ने घरका कोठाहरूमा , फेरी यतिका पैसा भाडा तिरेर यो रून्चे कोठामा । ईश्वरले संयोग पनि त्यस्तै त्यस्तैको जुटाउने रहेछन्। हाम्रो परीवार पनि धनी र धेरै पैसा तिर्न सक्ने भएको भए त आकाशै छुने र सुबिधै सुबिधा भएका कति कति घर र अपार्टमेन्टहरू छन् यस शहरमा । केही केही प्रसॅगमा मेरी आमा हामी छोरा छोरीहरूलाई भनिरहनुहुन्छ, “भगवानले ओठ कटौरा मिलाउँछन् छोरी, जस्तालाई तस्तै,ढिंडालाई निस्तै ।” म पनि घरबेटीको घरै भाडा लागोस् भनेर बसेको चाहिं कहॅ हो ररु धेरै आम्दानी गर्न सक्नेहरू पनि यस्को सुबिधाहीन थोत्रो घरमा कहॉ बस्न अउॅछन् ररु संसारमा अरबौं थरिका मान्छे छन्। तिनीहरूको भाग्य, कर्म , आय र स्तर पनि त्यस्तै बिभाजित छन् ।यसैले त बॉच्न र सास फेर्न सकिरहेका छन् सबैले यस शहरमा। आफ्नो दुःखलाई आत्मसाथ गर्न नसक्नेहरू मात्र अरूसॅग प्रतिष्पर्धा गरेर हार्लान् जीवनदेखि ।

    बच्चाबच्चीहरू जो साना छन् स्कूल, जो ठूलाछन् कलेज, कमाउन जानेहरूको आउने जाने, खाने र बस्ने समयको कैल्यै टुङ्गो नहुने। मै छु एउटा त्यस्तो जसको जागीरै हुँदैन, भए पनि कहिल्यै दिगो हुँदैन, एक न एक॔ साना ठूला निहुँले छुटिहाल्छ। घरको काम सबै आफ्नै टाउकोमा भए पनि पैसा नकमाई जीवन बॉच्नै सकिन्न यो कङ्क्रीट शहरमा । फेरि आफ्नो भन्नु न कोदोबारी न घरगोठ, टहरा, कोठा, चोटा, बरण्डा न , गहुं धान फल्ने खेत । न त तर्कारी बारी, जे गर जता फर्क नोठै चाहियो । यो भौतिक ,आधुनिक यान्त्रिक शहरमा त पारिवारिक सदस्य पनि सजिलै स्वार्थी बन्दा रहेछन् । उनीहरूको काम जति नै सघाइदिए पनि लाउ न त दुई चार शय दाम भनेर कैल्यै नदिने । एउटाको मुख ताक्यो, अर्कोको मुख ताक्यो आफ्नो हात रित्तै । बच्चा त बच्चा भइहाले । कमाउनेहरूले त यसो बुझिदिनु नि !यही खाना बनाउने, भॉडा धुने, सफा गर्ने, लुगा धोइदिने बाल बच्चा स्याहार्ने काम अरूको गरिदिने हो भने आफूलाई चाहिने खर्च त मज्जाले जुटाउन सक्दो रहेछु म पनि । पैसाको पछि पछि लागेर सबै कुरा भताभुङ्ग, लथालिङ्ग पार्न पनि भएन। चाहिने बेलामा परिवारबाट भागेर पछि सुखमा के अर्था ? काम पनि सबैलाई बिहान बेलुका नै चाहिने र दिउॅसो कोही नदिने। बल्लबल्ल पाएको काम छुटेको पनि छ सात महिना भैसकेछ। सबै जना उठेर गएपछि यो रूञ्चे कोठामा मन यति उकुस मुकुस गर्छ कि त्यो आकाशको कालो बादल त के हो र ?  कुरा पनि कति खेलेको , खेलेको मनमा, बाल्यकालदेखिकै सबै घटनाहरू मडारिदै मडारिदै ब्याकुल बनाउॅछ । हात खाली त छैन कहिल्यै घरमा पनि । साना तिना कामसॅगै छु तर सुख त एउटै थिएन जस्तो गरी दुःखै दुःखका, पीरै पीरका बेदनाको पोको मात्र सम्झाउँछ यो मन। हत्तेरीका मन पनि कति दुष्ट भएको हँ  ?

    हे बुबा स्वर्गमा हजूर के गर्दै हुनुहोलारु हामीलाई याद गर्नु हुन्छ कि हुन्न,रु हजूर बिनाका यतिका वर्षहरू कसरी बिते होलान्रु आमालाई हामीले कसरी सॅझायौ होला त्यतिबेला । जीवन मरणशील छ, थाहा पाएको छु।सदा,सदा हजूरलाई सुख ,शान्ति मिलोस्,स्वर्गैमा हजुरको वास होस्। हामीलाई सत्कर्ममा लाग्न स्वर्गबाट सॅधै आशीर्बाद पठाइरहनुस है बुवा। एक्लो भएॅ भनेर आमालाई छिटै नबोलाउनु होला नि फेरी,हजूरलाई त्यस्तै भएपनि आमा शयबर्ष चेतन भएरै बॉची दिनुभयो भने हामी सिङ्गै टुहुरो हुने छैनौं। स्वर्गमा देवी देवताहरूको वास हुन्छ भन्छन्,हो त्यही पवित्र तीर्थमा बसेर पलपल हाम्रा सुख दुःखमा सफल निर्देशन गरीदिनूस है बुबा।हो बुबा हजूर त जानुभो नब्बे बर्षमा हामीले चित्त बुझाउनुपर्छ,कति मानिसहरू यहॉ अति नै कम उमेरमा पनि मरीरहेका छन्। अकालमा मरेका मानिसहरूलाई सॅझेर म ईश्वरसॅग पुकारा गर्छु यस्तो नगर्न तर ईश्वर सुन्दै सुन्दैनन् सायद मेरा भक्ति र उपासना नपुगेर होला।सुनेका थिए भने लाउॅ,लाउॅ र खाउॅ खाउॅको उमेरको मेरो भाइलाई बेपत्ता पारेर हाम्रा आॅशुका महासागर बगाउने थिएनन्।ऊ जीवित छ या मृत ,अज्ञ्यात छ आजसम्म नै या त बुबाकै साथमा पुगीसक्यो किरु आमा र हामी तीन दिदी बहिनीको आॅशुले नै यो प्रशान्त महासागर बनेको हो किरु आॅशु नुनीलो छ,समुन्द्रको पानी झन् कति नुनीलो,सॅसारका कति कति मानिसका आॅशुहरू थुप्रिएको होला है त्यहॉ।विगततिर मात्र दौडन्छ मन,फर्काउन खोज्छु आगततिर फर्कॅदै फर्क॔दैन।

    यी राजनैतिक गुणडाहरूले देश त बर्बाद बनाए, बनाए, मेरा भाइ जस्ता लाखौं युवाहरूको इहलीला समाप्त गराएर, हामी र हामी जस्तै कैयौ परिवारको आँसु पिइरहे । मेरी आमालाई पड्कन ठीक्क परेको एटम बम जस्तै बनाए ।आमाको एक मात्र सहारा हाम्रो माइती, एक मात्र अनुज, एक मात्र सहोदर हराएरर गुमाएर पनि बॉचीरहेका छौं हामी अस्थीपञजर जस्तै। अस्ति आमाकै साथी, आमा सरहकै बुढी माउले यसरी भनिन् कि, “मर्ने त मर्यो, काज क्रिया गर्यो, दैवको लीला यस्तै भन्यो चित्त बुझायो,नानीहरूको त सार्है पीडा कति दिनसम्म आउॅछ भनेर बाटो हेर्नु ?” बुढीमाउलार्इ घचेटेरै अघि बढौ कि जस्तो लाग्यो, तर रिसले के गर्नु, दुःख आफैलाई छ । रूदै नहिँडे पनि, बिर्से जस्तो गरेपनि सम्झाएर रूवाउँदा रहेछन्। कस्ती दुष्ट बुढी ? हैन ! सबै पीडाहरू उम्लेर मन मुटु चसक्क दुख्छ, गुम्सन्छ, अमीलो हुन्छ, के भएको यस्तो ? प्रकाश बिहिन कोठा छाडेर बाहिर जान्छु बादलले ढपक्कै ढाकेको छ, दिन अ‍ँध्यारो न अ‍ँध्यारो छ । भित्र आउॅछु अ‍ॅध्यारो मनलाई सम्झाउन खोज्छु, मन झन् अ‍ॅध्यारो । न बेस्सरी आँसु  खसालिदिन्छ, न हॉस्न दिन्छ । पानी पर्न नसकेर धुम्मिरहेको, बाहिरको बादल भन्दा पनि खतर्नाक। पीडा गुम्सिएको अनुहार न हेर्न लायक, न देख्न घुम्न र बुझ्न । सोच्छु ! यो सबै फुर्सदको उपज हो, काम गर्दा त आधा सजिलै भूलिन्छ । काम कस्तो चर्को छ यहॉको सोच्दै बस्न कहॉ पाइन्छ र  ? मान्छेले आफूलार्इ सकेसम्म ब्यस्त बनाइ राख्नु नै पर्छ ।

    पानीको थोपो पनि किन्न पर्ने यो शहरमा सुको पैसा बिना नै छ महिना सर्लक्क बितेछ।आज महिनाको आखिरी दिन, एउटाले फोन गरेर भन्यो, ल तॅपाईलाई दिउॅसैलार्इ काम भयो, अफिसको जस्तै नौ बजेदेखि पॉच बजेसम्म । एक वर्षलाई ढुक्क भएर काम गर्नुहोस्, त्यसपछि विचार गरौंला । ल भोलिदेखि नै आउने, समय चाहिं सकेसम्म पॉच मिनेट पनि तल माथि नगर्नुहोला । घडीको सुइसँगै चल्नुपर्छ जीवन, तब मात्रै पूरा हुन्छ जीन्दगीका सपना । “हुन्छ, हुन्छ भैहाल्छनि । म भोलि नै आउँछु समयमा नै चिन्ता नगर्नुस् । मेरा आॅखाबाट त वर्षाका जस्तै धारा पो झर्न थाले, एक तमासले। सॉच्चै खुशीले हो वा पीडाले छुट्टयाउनै सक्दिन। पीडाको भनुम भने जागिर पाउनासाथै किन मन हलुका भयो, खुशीको भनुम भने के अब जागीर पाउनासाथ मेरा सारा दुःख पीडाहरू सकिए त ? के अब पिताजीलाई फर्काएर ल्याउन सक्छु त धरतीमा ? मेरो हराएको भाइ भेटिन्छ त ? अ‍ॅ अनि चौधै वर्षको उमेरमा परमधाम भएकी मेरी दिदी फर्केर आउॅछे त हामीलाई भेट्न? अहॅ हुनै सक्दैन, मर्नेहरू कहिले फर्केर आएका छन् र धरतीमा ? भाइ त हराएको पो त फर्केर आए हुन्थयो नि, जीवितै भेटिए हुन्थ्यो नि ? कुनै चमत्कार भैदिए हुन्थ्यो नि ! हैन किन घरिघरि पीडा दिन्छ हँ त्यसले यो मनमा ? गुम्सिएर रहेका पीडा त दुई तीन घणटासम्म आँसुका भल बनेर सकिए छ।अब केही समयलाई रित्तिए होलान् आॅसुका गॅगाहरू पनि। घर सफा गर्नलाई यसो कुचो लिएर ऐनातिर हेर्छु त गालाभरी आॅसुका टाटै टाटा, तै पनि अनुहारमा कान्ती, फुरूङ्ग मन। ठूलो वर्षातपछि खुलेको आकाश जस्तै। सॉच्चै बेदना र पीडा निखार्ने ठूलो हतियार भनेको आॅसु नै हो । आॅसु पछि नै निस्कन्छ मानिसमा मुक्तकणठको हॉसो। आॅसु पछि हॉसो आयो भने राम्रो हो, सकरात्मक हो, तर कुनै हॉसोले आॅसु निम्त्याऊॅछ भने त्यो त्यति राम्रो होइन ।

    घरको सबै काम सकिएपछि नुहाइधुवाइ गरिवरि भोलिको लागि केही किनमेल गर्न भनी बाहिर निस्कन्छु त कति बेला पहिले देखि नै ठूलो न ठूलो वर्षा भइकन रोकिइसकेछ।मौसमको चेकजॉच पनि गरीन, गरेको भए केही त थाहा हुन्थ्यो। वर्षैभरि जस्तो गर्मी भइरहने यस ठाउॅमा बिना पॅखा, बिना एसी पनि कोठा शीतलै थियो, बाहिर धूमधामले पानी परेको रहेछ र पो त । पैले नै भनिहाले यो घर र कोठै यस्तो छ, जहॉ केही देख्न बाहिरै निस्कनु पर्छ । धेरै दिनपछिको बादल वर्षामा परिणत भएपछि आकाश त खुल्ला, सफा र चम्किलो थियो नै, धरती पनि एक पटक निथ्रुक्क भिजेर वर्षालाई आफ्ना अ‍ॅग, अ‍ॅगमा सिञ्चित गरेर हराभरा हुँदै चम्किरहेकी थिइन् ।जसरी महिनौंसम्म गुम्सिएका मेरा पीडाहरूलाई आॅसुरूपी वर्षातमा परिणत गरेर म सफा, सुकीली, चम्कीली, उत्साही र आनन्ददायी भएर हॉस्दै, रमाउॅदै, आज बाहिर निस्कॅदै थिए, जीवनको उज्यालोको खोजीमा, कर्मको खोजीमा, नयॉ गन्तव्यको खोजीमा । त्यस्तै गरी आकाश धरती र सम्पुर्ण बनस्पति जीव, जीवात्माहरू झन धेरै मुस्कुराइरहेका थिए  ।

     

    इति

    २१५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad