BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    गजल ८२

    गणेश घिमिरे, पर्थ अष्ट्रेलियाभाद्र ४, २०७५

     

    एक टुक्रा ब्रेडसँग अलिकती जामसँग
    यी पाखुरा साटेको छु मैले फलामसँग

    मन लिएर केही दिनमा चिठ्ठी आइपुग्ला
    बिन्तिभाउ गरेको छु एउटा खामसँग

    पूर्णिमाको जून हेर्छु जूनभित्र उनी देख्छु
    जूनलाई नलुकाउन भनेको छु घामसँग

    सास फेर्दा मुटु दुख्दा बिर्सिएला भन्ने डरले
    राखेकोछु जोडाएर उनलार्इ मेरै नामसँग

    बा आमा र अरु आफ्ना छातीभित्रै बसेका छन्
    भगवानलाई दाँजेको छु मैले गर्ने कामसँग ।

    इति

    गजलकार घिमिरे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वर्तमान केन्द्रिय सचिव तथा अासन्न निर्वाचनमा महासचिवका प्रत्यसी हुन । – सम्पदक

    ३३९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad