BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    गजल ८३

    प्रेम उप्रेती पिपलटारे, न्युयोर्यक अमेरिकाभाद्र ५, २०७५

    भन्ने गर्थेँ जीवनमा जो हुन मेरा आफ्ना सधै
    गाह्रो भा’छ भन्नलाई कुन मेरा आफ्ना सधै

    के के गरेँ खै जिन्दगीमा आफैँलाई बिर्सीएर
    क्षण भरमै खरानी भए गुन मेरा आफ्ना सधै

    ऋणमाथि ऋण छ अझै धेरै थपिएको छ
    खोज्ने सबै हिसाब आज जुन मेरा आफ्ना सधै

    भक्कानिएको छ यो मन जीवनमा पहिलो पल्ट
    एकान्तमा प्यारो लाग्छन् धून मेरा आफ्ना सधै

    इति

    २२२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad